default_image

9 years ago

November 27, 2016

चेल्सीको लागातार जित

132 views

0 Bookmark

हाम्रो खेलकुद – ईङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले टोटेनहम हट्सपरलाई २-१ले पराजित गरेको छ।

Chelsea

खेलको १०औं मिनेटमा क्रिस्टिएन एरिक्सनको उत्कृष्ट गोलले अग्रता लिएको पाहुना टोली स्पर्सले थप मौका सिर्जना गरेपनि फाइदा उठाउन सकेन। पहिलो हाफको अन्त्यतिर पाएको मौकालाई सदुपयोग गर्दै चेल्सीले खेल बराबरीमा ल्याएको थियो। पेड्रोले बक्सबाहिरबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो।

दोश्रो हाफमा थप आक्रमक देखिएको चेल्सीले भिक्टर मोजेसको गोलले सुरुवातमै अग्रता लियो। दुवै टोलीबाट थप गोल नभएपछि खेलको तिन अमक चेल्सीको पोल्टामा गयो।

जितसंगै चेल्सी अंक तालिकाको पहिलो स्थानमा यथावत रहेको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.