4 years ago
February 2, 2022
एजेन्सी – दक्षिण कोरिया एसिया क्षेत्रबाट यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुने दोस्रो राष्ट्र बनेको छ ।

विश्वकप छनोट अन्तर्गत मंगलबार राति सिरियालाई २–० ले पराजित गर्दै दक्षिण कोरियाले विश्वकपमा स्थान पक्का गरेको हो । यसअघि इरान एसियाबाट विश्वकपमा स्थान पक्का गर्ने पहिलो राष्ट्र बनेको थियो ।
रासिद स्टेडियम दुवईमा दक्षिण कोरियाको जितमा जिन सु किम र चाङ हुन क्वानले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
५३औं मिनेटमा किमले गोल गर्दै कोरियालाई सुरुवाती अग्रता दिलाए । ७१औं मिनेटमा क्वानले गोल गर्दै दक्षिण कोरियालाई २–० को जित दिलाए ।

यस जितसँगै छनोटको समूह ‘ए’ मा रहेको दक्षिण कोरियाले ८ खेलमा २० अंक जोडेको छ । दक्षिण कोरिया दोस्रो स्थानमा रहेको छ ।
यही समूहबाट इरानले विश्वकपमा स्थान पक्का गरिसकेको छ । शीर्षस्थानमा रहेको इरानको २२ अंक छ । पराजित सिरिया २ अंक जोडेर पुछारमा रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]