9 years ago
November 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)– झापामा यसै महिना अर्को फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । झापाको शरणामतीमा मंसिर २० गते देखि प्रथम शरणामती गोल्डकप सञ्चालन हुने नेपाल खेलकुद पत्रकार मञ्चमा आइतबार आयोजित पत्रकार समेल्लनमा जानकारी दिइयो ।

शरणामती गाविस राज्य पुर्नसंरचनाका क्रममा गाँउपालिकामा गाभिने भएपछि त्यसको अस्तित्व जोगाइ राख्नका लागि शरणमतीका नाममा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक गजेन्द्र ताम्लीले जानकारी दिए । शरणामती फ्रेन्ड्स क्लबको आयोजना हुन प्रतियोगिताको विजेता टोलीले उपाधि सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ पाउनेछ ।
८ दिन सम्म चल्ने प्रतियोगितामा ए डिभिजन क्लबसहित ८ टोलीको सहभागिता रहनेछ । जसमा आयोजक एसएफसी झापा, चर्च ब्वाइज, झापा ११, मोरङ, एपिएफ,कासा ११, सुनसरी छन् । जनता उच्च माविको खेल मैदानमा हुने प्रतियोगिताका उपविजेता टोलीले ६१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको म्यान अफ दी सिरिजले १० हजार रुपैयाँ पाउनेछन् भने हरेक खेलको म्यान अफ दी म्याचले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड र उच्च गोलकर्ताले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा कुल २१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएका छन् ।
आयोजक क्लबका अध्यक्ष तुलसीराम प्याकुरेलले शरणामतीको नाम जोखाइ राख्न र स्थानिय खेलाडीको प्रतिभा प्रस्तुत गर्ने अवसरका लागि प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]