default_image

9 years ago

November 27, 2016

महिला टोलीको मुटु प्रत्यारोपण गर्न तत्पर थापा

161 views

0 Bookmark

  • सुबास हुमागाईं –

नेपाली महिला टोलिको विगतको नतिजा हेर्ने हो भने साफ च्याम्पियनशिप र दक्षिण एसियाली खेलकुद दुवैमा रजत पदक बाहेक केहि भेटिन्न।

Kumar Thapa Nepal Women National team

नेपालले २०१४को साफमा रजत पदक जित्दा फाइनलमा भारतसंग पराजित भएको थियो। त्यसपछि २०१६मा भएको दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसंग पराजय भोग्दै रजत पदक लिएर घर फर्किनु परेको थियो। आगामी डिसेम्बर २६ बाट भारतको सिलिगुडीमा चौथो साफ महिला फुटबल प्रतियोगिता आयोजना हुदैछ। त्यसको लागि विगत तिन सातायता नेपाली टोलि तयारीमा जुटिसकेको छ। तर बिडम्बना के छ भने, यसपाली नेपाली टोलीका चार महत्वपूर्ण सदस्य टोलीमा हुनेछैनन्।

भनिन्छ फुटबलमा बिचमा खेल्ने खेलाडीहरुको भूमिका छेउबाट खेल्ने भन्दा महत्वपूर्ण हुन्छ। “हार्ट अफ द टिम’ यानकी टोलीको मुटुका रुपमा चिनिने सेन्टर फरवार्ड, सेन्टर मिडफिल्ड, सेन्टर डिफेन्स र गोलरक्षक पोजिसनलाई निकै संवेदनशील मानिन्छ। नेपाली राष्ट्रिय टोलीको लागि अर्को अड्चन के छ भने, नेपालले गुमाउने चार खेलाडी सबै यिनै पोजिसनमा खेल्छन। कप्तान एवं नेपाली महिला फुटबलमा सर्वाधिक गोलकर्ता अनु लामा, सेन्टर मिडफिल्डर सजना राणा, डिफेन्डर भगवती थापा र गोलरक्षक लिला लाम्गादे यस प्रतियोगिता चोटका कारण गुमाउदैछन्।

नेपालको लागि अन्तराष्ट्रिय फुटबलमा ३५ गोल गरिसकेकी फरवार्ड अनु लामा भर्खरै सम्पन्न प्रधान सेनापति कपको तयारीका क्रममा घाइते हुन पुगिन। हल्चोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा प्रशिक्षण गर्ने क्रममा अनुको घुँडामा (एसिएल टियर) चोट लाग्यो। केहि दिनमै शल्यक्रिया गर्ने बताएपनि उनि अब कम्तिमा छ महिना खेलबाट बाहिर रहनेछिन्।

उनकै क्लब एपीएफबाट फुटबल खेल्दै आएकि मिडफिल्डर सजना राणा केहि समयअघी दुर्घटनामा परेपछि हाल आराममा छिन्। उनलाई खेकन फर्कन अझै केहि महिना लाग्ने बुझिएको छ। यस्तै, राष्ट्रिय टोलीमा डिफेन्डरको रुपमा खेल्दै आएकी भगवती थापा बिमारी परेकी छिन्। उनले प्रधानसेनापति कपमा पनि बिमारीका कारण खेल्न पाइनन्।

नेपालको लागि विगतमा पहिलो रोजाइको गोलरक्षकको रुपमा खेल्दै आएकी लिला लाम्गादे अनुजस्तई प्रशिक्षणको क्रममा घाइते भईन। उपचार गराउंदा उनको हात भाचिएको थाहा भयो र अहिले उनि तिन महिना आराममा छिन्। उनको ठाउँमा आर्मीबाट प्रधानसेनापति कप खेलेकी सुष्मिता सिंह ठकुरी प्रारम्भिक छनोटबाटै टोलीमा अटाईनन।

खेलाडीको अनुपस्थिति संगै एन्फाले यसपटक प्रशिक्षणको जिम्मेवारी एपीएफका कुमार थापालाई सुम्पिएको छ। राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डरका रुपमा परिचित थापाले राष्ट्रिय टोलीबाट अनौपचारिक रुपमा चाडैं बिदा लिएपनि घरेलु फुटबलमा भने छाइराहे। उनि मनाङको स्वोर्निम कालको टोलिक महत्वपूर्ण सदस्य थिए। मनाङबाट पलायन भएर एपीएफ पुगेका उनले कप्तानको भूमिका निर्वाह गर्दै ७०साल सम्म खेल्न भ्याए।

त्यसयता प्रशिक्षकका रुपमा एपिएफमा रहेका उनले हालसालै सम्पन्न एएफसी ‘ए’ कोचिङ सर्टिफिकेट कोर्षमा उत्कृष्ट अंक ल्याउँदै उतिर्ण गरे। प्रशिक्षकका रुपमा ठुला प्रतियोगितामा अनुभव कमि भएपनि कुमार यस प्रतियोगितामा नेपालले नयाँ नतिजा ल्याउनेमा विश्वस्त छन्।

नेपालको लागि प्रतियोगिताको ड्र पनि सहजै परेको मान्नुपर्छ। नेपलसंगै समूह ‘क’मा माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन्। कहलिएका खेलाडीको अनुपस्थितिमा नयाँ खेलाडीको प्रदर्शन हेर्न र नयाँ प्रशिक्षकका लागि समूह चरणका तिन खेलमा टोलीलाई सुदृढ बनाउन सुनौलो मौका पनि जुरेको छ। यस्तोमा प्रशिक्षक थापालाई टोलीमा आमुल परिवर्तन ल्याउन समय पर्याप्त रहेको देखिन्छ।

भारत, बंगलादेश र अफगानिस्तानले आफ्नो समुहमा दुइ-दुइ खेल खेल्नेछन र ति सबै खेल नेपालले खेल्ने तुलनामा गार्हो हुनेछ। यसले नेपालको लागि उनीहरुको खेल बुझ्ने संगै आफ्नो रणनीति बुन्न पनि मद्दत पुग्नेछ।

राष्ट्रिय महिला टोलीमा नवनियुक्त प्रशिक्षकले नयाँ खेलाडी ल्याउनेमा दुइमत त छैन, तर के उनले यसपाली नतिजामा पनि नयाँ आयाम ल्याउलान त? कुरौं जनवरी ४, २०१७ सम्म।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.