4 years ago
February 8, 2022
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परका बेल्जियन पूर्व मिडफिल्डर मौउसा डेम्बेलेले व्यावसायिक खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् ।

३४ वर्षीय डेम्बेलेले मंगलबार सामाजिक संजालबाट खेल जीवनबाट सन्यास लिने घोषणा गरेका हुन् । २०१२ देखि झन्डै ७ सिजन टोटेनहममा बिताएका डेम्वेले सन् २०१९ मा ११ मिलियन पाउन्डमा चिनिया सुपर लिग क्लब गोन्जाउ सिटी पुगेका थिए । त्यहाँ उनले ३ वर्षको सम्झौता गरेका थिए । उनको सम्झौता यो सिजनसँगै सकिदैछ ।
चिनिया सुपर लिगको अन्त्यसँगै उनले व्यवसायिक खेल जीवनबाट सन्यास लिनेछन् । डेम्वेलेले गोन्जाउका लागि ३७ खेलमा एक गोल गरेका छन् । यो सिजन उनले गोन्जाउका लागि कुनै पनि खेल खेलेका छैनन् ।
डेम्वेलेले टोटेनहमका लागि २५० खेलमा १० गोल गरेका छन् । बेल्जियमका लागि ८२ खेलमा ५ गोल गरेका छन् । डेम्वेलेले सन् २०१८ मै बेल्जियमको राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]