default_image

4 years ago

February 9, 2022

पुलिस र च्यासल खेल्दै

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना संक्रमण र मैदानको खराव अवस्थाका कारण दुईपटक सरेको सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत नवौं चरणको नेपाल पुलिस क्लब र च्यासल युवा क्लबबीचको खेलबीचको खेल बुधबार हुदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने जानकारी गराएको थियो । तर मैदानको अवस्था देखाउँदै एन्फाले खेल माघ २६ गते बुधबारको लागि सारेको थियो । सोही अनुसार अब च्यासल र पुलिसबीचको खेल बुधबार दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

यसअघि यो खेल माघ २ गतेका लागि तय भएको थियो । तर, च्यासलका १९ जना खेलाडीमा एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि अन्तिम समयमा एन्फाले खेल स्थगित गर्ने निर्णय गरेको थियो । पुलिस र च्यासल दुवै टोलीले यो सिजनमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । पुलिस ८ खेलबाट ७ अंक जोडेर ११औं स्थानमा रहेको छ । पुलिसले १ खेलमा जित हात पार्दा ४ बराबरी र ३ हारको नतिजा निकालेको छ ।

खेलाडी अनुबन्धमा आक्रामक देखिएको च्यासलले लगातार खराव प्रदर्शन गर्दा ८ खेलबाट ५ अंक जोडेर रेलिगेसन खतरासहित १३औं स्थानमा रहेको छ । च्यासलले १ जित, २ बराबरी र ५ हारको नतिजा निकालेको छ ।

गत वर्षको लिग च्याम्पियन मछिन्द्र अपराजित रहँदै ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहँदा आर्मी १७ अंकसहित तेस्रो तथा थ्री स्टार १६ अंक जोडेर शीर्ष चारमा रहेको छ । संकटा, एनआरटी, सातदोबाटो, हिमालयन शेर्पा, एपिएफ र जावलाखेल क्रमश पाँचौदेखि १०औं स्थानमा रहेका छन् । बीबीसी १२औं तथा जितविहीन फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ ।

यस्तै एन्फाले मंगलबार लिगको बाँकी राउन्डको खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार १०औं राउन्ड राउन्ड शुक्रबादेखि शुरु हुनेछ । एन्फाले १२औं राउन्डसम्मको खेल तालिका र भेन्यु तय गरेपनि अन्तिम राउन्डको समय र भेन्यु तोकेको छैन । दशथ रंगशालासँगै विकल्पको रुपमा एन्फा मैदान र पोखरा रंगशालालाई राखेको छ ।

१०औं देखि १२औं राउन्डसम्मको खेल २८ माघबाट शुरु भएर १० फागुनमा सकिनेछ । १०औं राउन्डको पहिला खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । सोही दिन त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.