default_image

4 years ago

February 9, 2022

रवि शंकरको दुई गोलमा पुलिसको जित

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विंगर फरवार्ड रवि शंकर पासवानको दुई गोल मद्दतमा विभागीय नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ ।

पुलिसले र च्यासल युथ क्लबलाई २–१ ले पराजित गर्दै लिगमा महत्वपूर्ण जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसको जितमा दुवै गोल रवि शंकरले गर्दा च्यासलका मोउसा एवांगाले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा सुमन लामाको कर्नरमा सुमन सुवेदी हुँदै आएको हेडरमा अजित भण्डारीको हेडरलाई च्यासलका गोलरक्षक अर्पण कार्कीले सहजै नियन्त्रणमा लिए । २४औं मिनेटमा तेज तामाङको पेनालटी बक्सबाहिरको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरिदा पुलिस अग्रता लिनबाट चुक्यो । २७औं मिनेटमा मोउसा एवांगाको बक्स बाहिरको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३७औं मिनेटमा रविले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए । निर कुमार राईको पासमा रविले गरेको क्रस दोस्रो बार च्याप्दै गोलमा परिणत हुँदा गोलरक्षक अर्पण कार्कीले बचाउने प्रयास गरेपनि सफल हुन सकेन । ५१औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकलाई पुलिसका गोलरक्षक शत्रुघन कुमार चौधरीले पञ्च गर्दै बचाए ।

५३औं मिनेटमा मौउसा एवांगाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । रुमेश बर्ताैलालाई पेनाल्टी बक्समा लडाएपछि रेफ्री सुमन श्रेष्ठले च्यासललाई पेनाल्टी दिएको थियो । जसमा मोउसा चुकेनन् । ६२औं मिनेटमा रुमेश बर्ताैलाको प्रहारलाई गोलरक्षक शत्रुघनले डाइभ दिदै बचाए ।

६९औं मिनेटमा रविले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ ले अघि बढाए । सुमन लामाको पासमा रविले कप्तान विराज महर्जनलाई विट गर्दै दोस्रो बार च्याप्दै गरेको प्रहारलाई अर्पणले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।

८२औं मिनेटमा कमल श्रेष्ठको कर्नरमा अभिषेक लिम्बुको हेडर क्रसबारमा लागेर फर्कदा च्यासल बराबरीबाट चुक्यो । ८७औं मिनेटमा विकास मेराग्लियाको प्रहार फितलो बनेपनि सब्सिच्युट कर्ण लिम्वुले सुवर्ण अवसर गुमाउँदा च्यासल बराबरीबाट चुक्यो ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा यान्निक केट्चाको प्रहार हेमन्त श्रेष्ठलाई डिफ्लेक्ट हुदै पोलमा लागेर बाहिरिदा च्यासल बराबरीबाट चुक्यो । लगत्तै कर्नरमा अभिषेकको हेडर सदुपयोग हुन नसक्दा च्यासल पराजित हुन पुग्यो ।

जितपछि पुलिस ९ खेलबाट १० अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । समान १० अंक नै रहेपनि एपिएफ बढी गोलको आधारमा नवौं स्थानमा रहेको छ ।

पुलिससँगको हारसँगै च्यासललाई रेलिगेसनको दवाव बढेको छ । ९ खेलबाट ५ अंक जोडेर च्यासल १३औं स्थानमा रहेको छ । अब च्यासलले लिगको बाँकी चार खेलमा जित हात पारेर मात्रै पुग्दैन अन्य टोलीको नतिजा पनि हेर्नुपर्ने हुन्छ ।

पुलिसले २ जित, ४ बराबरी र ३ हारको नतिजा निकालेको छ । खेलाडी अनुबन्धमा आक्रामक देखिएको च्यासलले लगातार खराव प्रदर्शन गर्दा ९ खेलमा १ जित, २ बराबरी र ६ हारको नतिजा निकालेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.