4 years ago
February 10, 2022
काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टारसँगको एएफसी कप छनोट दशरथ रंगशालामा खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले उक्त छनोट खेल दशरथ रंगशालामा चैत २२ गते साँझ ५ बजे सुरु हुने पक्का गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
जारी सहिद स्मारक ए डिभजन लिगको सातौं चरणसम्ममा शीर्ष स्थानमा रहेका कारण मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो । नेपालमा लिग सकिदा सम्म छनोटका लागि क्लबको नाम पठाउन ढिला हुने भएपछि एन्फाले सातौं चरणको शीर्ष टोलीलाई पठाउने निर्णय गरेको थियो । एएफसी कप छनोटका लागि भने मछिन्द्रसहित ४ क्लबमात्र योग्य थिए ।
जसमा मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लब रहेका थिए । एएफसी क्लब लाइसेन्स प्राप्त क्लबले मात्र एएफसीको आधिकारिक प्रतियोगिता खेल्न पाउँछन् । २०७६ मा मछिन्द्रले लिग जितेपछि क्लब लाइसेन्स नभएका कारण त्यति बेलाको दोस्रो स्थानको आर्मीले भाग लिएको थियो । आर्मीले दुई वर्षअघि र अन्य तीन क्लबले गत वर्ष क्लब लाइसेन्स प्राप्त गरेका थिए ।
श्रीलंकाली टोलीलाई पराजित गर्न सकेको खण्डमा अर्को चरणमा मछिन्द्रले चैत २९ गते एटिके मोहुन बगानको सामना गर्नेछ । मोहुन बगानलाई पनि हराउन सके मछिन्द्रले समूह डीमा भारतको गोकुलम केरेला, बंगलादेशको बसुन्धरा किड्स र माल्दिभ्सको माजिया स्पोर्टस् एन्ड रिक्रिएसनको सामना गर्नेछ ।
लिगको दसौं चरण शुक्रबारदेखि दशरथ रंगशालामा पुनः सुरु हुँदैछ । नवौं चरणको एक खेल बाँकी रहँदा गत महिना लिग स्थागित भएको थियो । नवौं चरणको समाप्तीमा २३ अंकका साथ मछिन्द्र नै लिगको शीर्षस्थानमा रहेको छ । मनाङ १९ अंकसहित दोस्रो स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]