9 years ago
November 28, 2016
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा अर्को बराबरी खेलेको छ । युनाइटेडले घरेलु मैदानमा आइतबार वेस्ट ह्याम युनाइटेडसँग १–१ को बराबरी खेलेको थियो ।

युनाइटेडले सेप्टेम्बर २४ यता घरेलु मैदानमा जित निकाल्न सकेको छैन । आफ्नै मैदानमा युनाइटेडको यो लगातार चौथो बराबरी हो । याल्टान इब्राहिमोविचले युनाइटेडलाई फेरि एक पटक हारबाट जोगाएका छन् । उनले २१ मिनेटमा बराबरी गोल गरेका थिए । त्यसअघि दोस्रो मिनेटमा नै वेस्ट ह्यामले डारिफा साकोको गोलमा अग्रता लिएको थियो । बराबरीपछि २० युनाइटेड छैटौं स्थानमा यथावत छ । पाँचौं स्थानको टोटेनह्यामभन्दा युनाइटेड ४ अंकले पछाडी छ । १२ अंकसहित वेस्ट ह्याम १६ औं स्थानमा छ । आइतबारको अर्को खेलमा चार्लिन अस्टिनको गोलमा साउथह्याम्टनले एभर्टनलाई १–० ले हराएको छ ।
प्रिमियर लिगमा १३ चरणको चेल सकिँदा चेल्सी ३१ अंकसहित शीर्षस्थानमा छ भने समान ३० अंक जोडेका लिभरपुल दोस्रो र म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ । आइतबार ब्रोनमाउथमाथि ३–१ को जित निकालेको आर्सनल २८ अंकसहित चौथो स्थानमा छ । एभर्टन (१९) सातौं र साउथह्याम्टन (१७) दसौं स्थानमा छ ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]