4 years ago
February 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा सुमन अर्यालले गोल गरेपछि शीर्ष चारको दौडमा रहेको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबसँगको हारबाट जोगिएको छ । आर्मीले जावलाखेल युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको अन्तिम समयमा सम्हालिन नसक्दा जावलाखेलले अंक बाड्न बाध्य बन्यो । जावलाखेलका ओनगुना निकेंगे जुनियरले एक गोल गरे ।
त्यसअघि खेलको दोस्रो मिनेटमा सन्तोष तामाङको कर्नरमा डिफेन्डर र गोलरक्षकबीच तालमेल नमिल्दा आएको बलमा जर्जप्रिन्स कार्कीको प्रहार सिमन्त थापालाई लाग्दै फर्कदा गोलरक्षक टिकेन्द्र सिंह थापाले नियन्त्रणमा लिन सफल भए । २४औं मिनेटमा ओनगुना निकेंगे जुनियरकले एकल प्रयासमा गरेको प्रहारलाई गोलरक्षक विकेश कुथुले दोस्रोबारतर्फ डाइभ दिदै पञ्च गर्दा जावलाखेल अग्रता लिनबाट चुक्यो ।
२९औं मिनेटमा सुमन अर्याल र विकास तामाङबीच समन्वय नमिल्दा ओनगुनाले बल भेट्दै गरेको प्रहारलाई विकेशले नै उत्कृष्ट बचाउ गरे । त्यसमै निकोलस फर्नान्डेसको कर्नरमा सिमन्त थापाको हेड सदुपयोग हुन सकेन । ३१औं मिनेटमा कप्तान भत खवासको प्रहारलाई गोलरक्षक टिकेन्द्रले सहजै नियन्त्रणमा लिए ।

५३औं मिनेटमा अोनगुना जुनियरले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाए । रुप बहादुर लामाको ब्याकहिल पासलाई नियन्त्रणमा लिदै तीन डिफेन्डरबीचबाट ओनगुनाले गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।
गोलरक्षक टिकेन्द्रले गल्ती गर्दा इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सन्तोष तामाङको फ्रिकिकलाई गोलरक्षक टिकेन्द्रले पञ्च गर्दै बचाउँदा आर्मी बराबरीबाट चुक्यो । रिवाउन्डमा राजीव गुरुङको प्रहार आकासियो । इन्ज्युरी समयमको थप गरिएको छैटौ मिनेटमा सुमन अर्यालले गोल गर्दै आर्मीलाई हारबाट जोगाए । जगजित श्रेष्ठको क्रसमा राजीव गुरुङले प्रयास गरेपनि अनमार्क रहेका सुमनले फाइनल टच दिएका थिए ।
यो बराबरीसँगै अपराजित रहेको आर्मी १० खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । आर्मीले चार जित र ६ बराबरीको नतिजा निकालेको छ । यो बराबरीले जावलाखेल १० खेलबाट ९ अंक जोडेर ११औं स्थानमा रहेको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]