4 years ago
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शनिबार) १०औं चरणको दोस्रो दिन विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । आज पुलिसले सातदोबाटो, मछिन्द्रले च्यासल र मनाङले थ्री स्टारसँग खेल्दैछ ।

विभागीय टोली नेपाल पुलिस क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे हुनेछ । यो सिजनको लिगमा सातदोबाटोको टर्फ मैदान पहिलोपटक हुन लागेको हो । यसअघि दशरथ रंगशाला र पोखरामा लिगका खेल सञ्चालन भएको थियो ।
पुलिस नव प्रवेशी सातदोबाटोलाई हराउँदै रेलिगेसनको दवावबा उम्कन चाहन्छ । पुलिस ९ खेलबाट १० अंक जोडेर १०औं स्थानमा रहेको छ । सातदोबाटोलाई हराउन सके पुलिस सातौ स्थानमा उक्लेछ ।
सातदोबाटो पनि पुलिसलाई हराउँदै अंक तालिका थप मजवुत बनाउन चहान्छ । सातदोबाटो ९ खेलबाट १२ अंक जोडेर सातौ स्थानमा रहेको छ । पुलिसलाई हराउन सके सातदोबाटो कम्तीमा एक दिनको लागि पाँचौ स्थानमा उक्लनेछ ।
यस्तै लिग लिडर मछिन्द्र फुटबल क्लबले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालामा दिउँसो १ बजे खेल्नेछ । लिगमा अपराजित रहेको साविक विजेता मछिन्द्र च्यासललाई हराउँदै उपाधि यात्रा थप मजवुत बनाउन चहान्छ । मछिन्द्र ९ खेलबाट २३ अंक जोडेर शीर्ष स्थानमा छ ।
यता, च्यासल पनि लिग लिडरलाई स्तब्ध पार्दै रेलिगेसन जोन छाड्ने लक्ष्यमा मैदानमा उत्रनेछ । च्यासल ५ अंक जोडेर पुछारमा रहेको छ । च्यासलले एक मात्र जित निकाल्दा ६ हार भोगिसकेको छ ।
आजै घरेलु फुटबलको ‘एल क्लासिको’ मा दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टारबीचको खेल दिउँसो ४ः४५ बजे हुनेछ । कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङलाई यसपटक उपाधि होडमा रहन यो खेल निकै महत्वपूर्ण छ । बराबरी वा हारको नतिजाले मनाङलाई उपाधि होडमा रहन चुनौती बन्नेछ ।
सोही कारण उपाधि दौडमा रहेको मनाङ थ्री स्टारलाई हराउँदै उपाधि यात्रालाई जीवितै राख्ने लक्ष्यमा मैदानमा हुनेछ । मनाङ ९ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङको बराबरी या हारले मछिन्द्रको उपाधि यात्रालाई फाइदा पुग्न सक्छ ।
थ्री स्टार पनि मनाङलाई हराउँदै दोस्रो स्थानमा उक्ले लक्ष्यमा हुनेछ । नियमित कप्तान विक्रम लामाको अनुपस्थितिमा अनन्त तामाङले मनाङविरुद्धको खेलको नेतृत्व गर्नेछ । उनी मनाङसँगको खेलपछि इन्डियन सुपर लिग (आइएसएल) का लागि भारत जानेछ । उनी आइएसएल क्लब इस्ट बंगालमा अनुबन्धित भएका छन् ।
मनाङलाई हराउन सके थ्री स्टारले मनाङसँगको अंक बराबरी गर्नेछ । थ्रीस्टार ९ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]