4 years ago
February 12, 2022
काठमाडौं हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर र मिडफिल्डर सुनिल बलको गोलमा लिग लिडर मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित यात्रा कायमै राख्दा च्यासल युथ क्लबविरुद्ध सहज जित निकालेको छ ।

मछिन्द्रले च्यासललाई २–० ले पराजित गर्दै लिगको १०औं खेलसम्म अपराजित रहन सफल भएको हो । दुवै गोल पहिलो हाफमा भएको थियो ।त्रिपुरेश्वस्थित दथरथ रंशालामा शनिबार भएको खेलको चौथो मिनेटमा विशाल राईको फ्रिकिकलाई गोलरक्षक अर्पण कार्कीले पञ्च गर्दै बचाए ।
नवौ मिनेटमा अजित गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहारलाई विशाल श्रेष्ठले मुस्किलले नियन्त्रणमा लिदा च्यासल अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमै बल क्लियर गर्ने क्रममा बिमल घर्तीमगरसँग ठोक्किन पुग्दा गोलरक्षक अर्पण घाइते हुन पुग्दा खेल ८ मिनेट रोकिएको थियो । पछि उनी खेल्न नसक्ने भएपछि अर्का गोलरक्षक प्रदिप भण्डारी १७औं मिनेटमा मैदान छिरेका थिए ।
१७औं मिनेटमा बिमल घर्तीमगरले गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाए । रेजिन धिमालको कर्नरमा बिमलले हेड पोलमा लाग्दै गोलमा परिण हुदा भर्खरै मैदान छिरेका गोलरक्षक प्रदिपले रोक्ने कुनै मौका नै पाएन । जारी लिगमा विमलको यो चौथो गोल हो ।

३५औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । उनले विमलको पासमा सुन्दर फिनिस गरेका थिए । जारी लिगमा सुनिलको यो छैटौं गोल हो । ३९औं मिनेटमा मौसा एवागनाको प्रहारलाई डाइभ दिदै बचाउँदा च्यासल अग्रता कम गर्नबाट चुक्यो ।
सुरुवाती ह्वीसिल बज्नुअघि कमल श्रेष्ठले आफ्नो जर्सी नम्वरविनै अर्काे नम्वरमा मैदान उत्रिएपछि खेल सुचारु हुन केही ढिला भएको थियो । खेल केही वेर ढिला सुरु भएपनि रेफ्रीको निर्णयपछि खेल सुचारु गरिदा च्यासलले १० खेलाडीमा रहेर खेलको सुरुवात गरेको थियो । च्यासलले सुरुवाती पाँच मिनेट १० खेलाडीमा खेल्नुपरेको थियो । त्यसपछि उनको स्थानमा सागर थापालाई मैदानमा प्रवेश गराइएको थियो ।
५१औं मिनेटमा गोलरक्षक प्रदीप अघि बढेको अवस्थामा विमल घर्तीमगरको चिप प्रहार पोलमा लाग्दै फर्कदा मछिन्द्रको थप अग्रता बढेन । ६५औं मिनेटमा विशाल श्रेष्ठले रिलिज गरेको बल खोस्ने क्रममा च्यासलका यान्निक केट्चासँग जुध्दै मैदानमै ढल्न पुगेपछि खेल ९ मिनेट रोकिएको थियो ।
मैदानमै सामान्य उपचारपछि उनलाई थप उपचारको लागि एम्बुलेन्समा अस्पताल लगिएको छ । मनिष ६१औं मिनेटमा सुनिल बलको स्थानमा मैदान प्रवेश गरेका थिए ।
७६औं मिनेटमा विमलको पासमा विशाल राईको वान भर्सेस वानको प्रहारले गोलरक्षक प्रदीपलाई बिट गरेपनि यान्निक केट्चाले गोललाइनबाट हेडमार्फत बल जोगाउदै च्यासलको संकट टारे ।
यो जितसँगै मछिन्द्रको उपाधि होड थप मजवुत बनेको छ । जितसँगै अपराजित रहेको मछिन्द्रको १० खेलबाट २६ अंक पुगेको छ । मछन्द्रसँगको हारसँगै च्यासललाई रेलिगेसनको थप दवाव बढेको छ । च्यासलको १० खेलबाट ५ अंक जोडेर पुछारमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]