4 years ago
February 12, 2022
काठमाडौ (हाम्रो खेलकुद)– च्यासल युथ क्लबविरुद्ध शनिबार सहिद स्मारक ए डिभिजन लिग खेल्दा टाउकोमा चोट लागेर घाइते भएपछि मछिन्द्र फुटबल क्लबका मनीष डाँगीको केहि समय होश गुमेको प्रशिक्षक प्रवेश कटुवालले बताएका छन् ।

‘अफिसियलले मैदानमा जान त पाइन्न । मैले सुने अनुसार उनको घाइते हुँदा उनको होस थिएन । रगत पनि आएको थियो भन्ने सुने ,’ उनले भने,‘ तर, उनको दात जोडिन नदिन सबैले मेहनत गरे। यानिकसहित विपक्षी टोलीका खेलाडीलाई पनि धन्यवाद दिन चाहन्छु ।’
मनीषलाई उपचारका लागि दशरथ रंगशाला नजिक ब्लु क्रस अस्पताल लगिएको र उनको होस आइसकेको पनि प्रशिक्षक कटुवालले पोष्ट म्याच कन्फ्रेन्समा जानकारी दिए । ‘मनीषलाई होस आएको छ। सिटी स्क्यान भयो । रिपोर्ट आउँन बाँकी छ,’ उनले भने,‘ रिपोर्ट आएपछि मात्र उनको वास्तविक अवस्था भन्न सकिएला । ’
च्यासलविरुद्धको खेलको ६५ औं मिनेटमा मनीष घाइते भएर ढलेपछि उपचारका लागि एम्बुलेसनमा राखेर अस्पताल लगिएको थियो । हेड गरेर बल लिनका लागि जम्प गर्दा विपक्षी खेलाडीको प्रहारबाट उनी ढलेका थिए । ६५औं मिनेटमा बल खोस्ने क्रममा च्यासलका यान्निक केट्चाको प्रहार मनीषको टाउकोको पछाडि भागमा लागेको थियो । त्यसपछि मैदानमा ढलेको मनीषको मैदानमै समान्य उपचारपछि अस्पताल लगिएको थियो । त्यो घटनामा झन्डै ९ मिनेट खेल रोकिएको थियो । मनिष ६१औं मिनेटमा सुनिल बलको स्थानमा मैदान प्रवेश गरेका थिए ।

मछिन्द्रका फिजियोथेरापिष्ट सुरज भुषालका अनुसार मनीषको टाउको चोट (कनकसन) हो । दुई खेलाडी ठोक्किदा उनको टाउकोमा चोट लागेको छ । त्यसमा उनी झण्डै ५ देखि ७ मिनेट अचेत भए । हामीले गर्ने सामान्य उपचार गर्यौं, उनले भने,‘एन्फाको मेडिकल टोली, एकजना डाक्टर पनि हुनुहुन्थ्यो । होस खुलेपछि मनीषले मलाई के भयो भनेर पनि सोधे । आत्तिनु पर्ने छैन भने हौसला बढाउन कोशिस गरौं । त्यसपछि अस्पताल पठाएका हौं । अहिले उनको स्थिर रहेको छ।
लिगमा मेडिकल टोलीको उचित व्यवस्थापन भने नदेखिएको प्रशिक्षक कटुवालले गरे । ‘मेडिकल व्यवस्थापन राम्रो देखिएन । युरो कपमा इरिक्सनको घाइते भएको घटना हामीले देखेका छौं । त्यस्ता धेरै घटना भएका छन्,’ उनले भने,‘ देशकै ठूलो ए डिभिजन लिगमा मेडिकल व्यवस्थापन चुस्त देखिएन । मैले सुनेको एन्फाकै मान्छे डक्टर खोज्दै थिए । पछि हाम्रो टोलीका समर्थक दर्शक दिर्घामा बसिरहेका डाक्टर प्रदीप मैदान जानु भएको थियो ।’ अखिल नेपाल फुटबल संघ (एन्फा) को व्यवस्थापनलाई लिएर फेरि प्रश्न उठेको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]