4 years ago
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नव प्रवेशी सातदोबाटो युथ क्लबले विभागीय नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सातदोबाटोले पुलिसलाई १–० ले पराजित गरेको हो ।

सातदोबाटोको जितमा आकाश बुढा मगरले पहिलो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले १९औं मिनेट गोल गरेका थिए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबार भएको खेलको १७औं मिनेटमा आकाश बुढा मगरलाई पेनाल्टी बक्समा हेमन्त श्रेष्ठले फउल गरेपछि रेफ्रीले पेनाल्टी प्रदान गरेको थियो । जसमा आकाश चुकेनन् । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा आकाशको पहिलो हाफको गोल नै सातदोबाटोको जितमा निर्णायक बन्यो ।
यो जितसँगै सातदोबाटो १० खेलबाट १५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित पुलिस १० अंक जोडेर १०औं स्थानमा रहेको छ । पुलिस रेलिगेसन जोनमा रहेको फ्रेन्ड्स र बिबिसीभन्दा ४ अंकले मात्रै अघि छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]