default_image

4 years ago

February 12, 2022

मनाङ र थ्री स्टारको रोमाञ्चक बराबरी

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेलेका छन् । मनाङ र थ्री स्टारले १–१ गोलको रोमाञ्चक बराबरी खेलेको हो ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङका दयानन्द सिंहले गोल गर्दा थ्री स्टारका ऋतिक कुमार खड्काले बराबरी गोल फर्काए । मनाङले अग्रता जोगाउन नसक्दा थ्री स्टारसँग बराबरीमा रोकिन पुग्यो ।

खेलको दोस्रो मिनेटमा अन्जन विष्टको फ्रिकिकलाई थ्री स्टारका गोलरक्षक प्रिसोले सहजै बचाए । आठौं मिनेटमा रुपेश केसीको प्रहार पोस्ट नजिकैबाट थोरै बाहिरियो । १६औं मिनेटमा हेमन्त थापामगरको पासमा अन्सुमाना क्रोमाहको पेनाल्टी बक्सबाहिरको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरियो ।

२८औं मिनेटमा आयुष घलानको क्रसलाई मनाङका गोलरक्षक अशोक बरालले पञ्च गर्दे बचाए । ३२औं मिनेटमा हेमन्तको क्रसमा सन्जोक राई चुके । ४१औं मिनेटमा ओलावाले ओलाडिपो अफिजले सुवर्ण अवसर पाएपनि उनको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिदा मनाङ अग्रता लिनबाट चुक्यो ।

४८औं मिनेटमा सब्सिच्युट विमल रानाको क्रसमा प्रिसोले बल भेट्नुअघि नै ओलावालेको प्रहार आकासिदा मनाङ अग्रता लिनबाट चुक्यो । लगत्तै ४९औं मिनेटमा आयुष घलानको क्रसलाई मनाङका डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बलमा ऋतिक कुमार खड्काको सशक्त प्रहारलाई गोलरक्षक अशोकले पञ्च गर्दै बचाउँदा थ्री स्टारले पनि अग्रता लिन सकेन ।

६२औं मिनेटमा दयानन्द सिंहले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । पुजन उपरकोटीको स्थानमा ६१औं मिनेटमा मैदान प्रवेश गरेका दयानन्दले कप्तान अन्जन विष्टको पासमा हेडले जाली चुम्दा प्रिसले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।

७१औं मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सन्जोक राई, ऋतिक र अन्सुमाना क्रोमाहको समन्वयमा बनेको मुभमा ऋतिको पेनाल्टी बक्सबाहिरको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यो बराबरीले अंक तालिकामा कुनै परिवर्तन नहुदा शीर्षस्थानको मछिन्द्र फुटबल क्लबलाई प्रत्यक्ष फाइदा भएको छ । मनाङ २० अंक जोडेर दोस्रो स्थानमा रहँदा थ्री स्टार १७ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।

यो बराबरीले लिगमा तीन चरणको खेल बाँकी रहँदा मछिन्द्रले ६ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । मछिन्द्रले शनिबारै च्यासल युथ क्लबलाई २–० ले हराउँदै लिगमा अपराजित रहन सफल भएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.