4 years ago
February 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । एनआरटी र शेर्पाले पहिलो हाफमा गोलरहित बराबरी खेलेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फितलो र निराशजनक खेलमा दुवै टोलीले गतिलो आक्रमण बुन्न सकेका छैनन् । १९औं मिनेटमा सनम लिम्वुको क्रसमा स्टेफन समिरले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि नियन्त्रणमा लिन नसक्दा शेर्पाका गोलरक्षक दीप कार्कीले सहजै बचाए ।
२५औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको २० यार्ड टाढाको फ्रिकिकलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाए । ३१औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरियो । सरोज तामाङले क्लियर गर्न ढिला गर्दा विश्वासले सुवर्ण अवसर पाएका थिए ।
पहिलो हाफको इनयुरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान विश्वासको उत्कृष्ट पासमा विसन गुरुङले भेट्नुअघि नै गोलरक्षक अजितले डाइभ दिदै बचाएर एनआरटीको खतरा टारे ।
एनआरटी १३ अंक जोडेर सातौ तथा ११ अंकसहित शेर्पा आठौं स्थानमा रहेको छ । दुवै टोली जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]