default_image

9 years ago

November 28, 2016

आहा रारा गोल्डकप खेल्न अमेरिकामा खेलाडी छनोट गरिदै

139 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद)– आहा रारा गोल्डकपमा भाग लिनका लागि अमेरिकामा नेप्लिज अमेरिकन सरक टिम बनाउने तयारी सुरु भएको छ ।

15218362_10155478606048032_763301266_n

नेप्लिज अमेरिकन टिमको तयारीका लागि पुस २ गते वासिङटन डिसीमा खेलाडी छनोट हुँदैछ । रोड टु आहा रारा गोल्डकप २०७३ र राष्ट्रिय टोलीसँग च्याराटी खेलका लागि ओपन ट्राइआउट राखिएको पर्चामा उल्लेख गरिएको छ । अमेरिकामा रहेका नेपाली टोलीका पूर्व खेलाडी उमेश प्रधान, विनोद खरेल, रुस्लान थ्री स्टारका पूर्व प्रशिक्षक प्रदीप हुमागाई र सुरज थापा रहेको प्राविधिक समितिले खेलाडी छनोट गर्ने बताइएको छ ।

प्रधानले खेलाडी छनोट र टिम लिएर पोखरा जान प्रस्ताव आएको हाम्रो खेलकुदलाई बताए । उनले खेलाडी छनोटका लागि उपलब्ध हुने भएपनि नेपाल आउने टुंगो नलागेको बताए । आहा रारा गोल्डकपको आयोजक सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले अमेरिकाबाट भाग लिनका लागि अनौपचारिक प्रस्ताव आएको जानकारी दिए । उनले भने,‘ औपचारिक प्रस्ताव त आइसकेको छैन । तर पनि अमेरिकाबाट नेपाली खेलाडी सम्मिलित टोली आउन इच्छुक छ भने त्यो स्वागत योग्य छ,’ उनले भने,‘त्यसका लागि स्तरीय टोली आइदियोस् भन्ने हाम्रो चाहना हो । त्यो हुँदा पोखरेली दर्शकले स्तरीय फुटबल हेर्ने अवसर पाउनेछन् ।’

आहा रारा गोल्डकपको १४ औं संस्करण माघको पहिलो साता आयोजना गर्ने क्लबले केही दिन अघि सार्वजनिक गरेको थियो । नेप्लिज अमेरिकन टोलीका संयोजक चन्द्र लामाले राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए । श्रेष्ठले भने,‘सामान्य कुराकानी भएको छ । तर राष्ट्रिय टोलीसँगै मैत्रीपूर्ण खेल्ने विषयमा अहिले भन्न सकिने अवस्था छैन । त्यति बेला खेलाडीहरु मोफसलकै प्रतियोगिताहरुमा व्यस्त रहन सक्छन् ।’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.