default_image

4 years ago

February 16, 2022

पहिलो हाफमा मछिन्द्र र सातदोबाटोको बराबरी

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लिग लिडर मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । मछिन्द्र र सातदोबाटोले पहिलो हाफमा गोलरहित बराबरी खेलेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न सकिरहेका छैनन् । नवौ मिनेटमा कप्तान मान बहादुर तामाङको फ्रिकिकलाई गोलरक्षक विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए ।

१८औं मिनेटमा कप्तान मानबहादुरको कर्नरमा सुदिप गुरुङको प्रहार फितलो बन्दा गोलरक्षक विशाललाई कुनै गाह्रो भएन । लगत्तै काउन्टरमा विमल घर्तीमगरको प्रहारलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बचाउँदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।

२२औं मिनेटमा रेजिन धिमालको कर्नरमा सुनिल बलको हेडरलाई गोलरक्षक अभिषेकले बचाउँदा रिवाउन्डको नुर्लान नोभ्रुजोभको हेडरलाई निरज चौधरीले गोललाईनबाट क्लियर गर्दै सातदोबाटोको संकट टारे । लगत्तै २४औं मिनेटमा नुर्लानको क्रसमा विमल घर्तीमगरको हेडरलाई गोलरक्षक अभिषेकले विफल पारे ।

२९औं मिनेटमा आकाश बुढामगरको कर्नरमा निरज चौधरीको प्रहार गोलरक्षक विशालले हुलमुलका बीच नियन्त्रणमा लिए । ३२औं मिनेटमा मानबहादुरको फ्रिकिकमा मार्टिन एडेल्फे सिलो नंगाको हेडरलाई गोलरक्षक विशालले पञ्च गर्दै बचाए ।
यस खेलमा जित निकाल्न सके मछिन्द्र दुई खेल अगावै लिगको च्याम्पियन बन्नेछ । सातदोबाटो मछिन्द्रलाई रोकने योजनामा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.