default_image

2 years ago

February 16, 2022

पहिलो हाफमा पुलिसविरुद्ध थ्री स्टारलाई अग्रता

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत रुस्लान थ्री स्टार क्लबले विभागीय नेपाल पुलिस क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको २१औं मिनेटमा ऋतिक कुमार खड्काको गोलमा १–० को अग्रता लिन सफल भएको हो ।

१८औं मिनेटमा अन्सुमाना क्रोमाहको सशक्त प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन कुमार चौधरीले उत्कृष्ट बचाउ गर्दा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

२१औं मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्री स्टारलाई १–० को अग्रता दिलाए । हेमन्त थापा मगरको क्रसलाई पुलिसका डिफेन्डर र गोलरक्षक शत्रुघनले क्लियर गर्न नसकेको बललाई सन्जोक राईले हेडरमात्रै मिलाईदिएको पासलाई ऋतिकले लड्दै गरेको प्रहारले पोस्टको दिशा लिएको थियो ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.