default_image

4 years ago

February 16, 2022

पुलिस र थ्री स्टारको बराबरी

250 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत ११औं चरणको खेलमा रुस्लान थ्री स्टार क्लब र विभागीय नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । पुलिस र थ्री स्टारले १–१ गोलको बराबरी खेलेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा थ्री स्टारले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । १८औं मिनेटमा अन्सुमाना क्रोमाहको सशक्त प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन कुमार चौधरीले उत्कृष्ट बचाउ गर्दा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

२१औं मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्री स्टारलाई १–० को अग्रता दिलाए । हेमन्त थापा मगरको क्रसलाई पुलिसका डिफेन्डर र गोलरक्षक शत्रुघनले क्लियर गर्न नसकेको बललाई सन्जोक राईले हेडरमात्रै मिलाईदिएको पासलाई ऋतिकले लड्दै गरेको प्रहारले पोस्टको दिशा लिएको थियो ।

दोस्रो हाफको शुरुमै जुमानु राई र भोलानाथ सिलवाल मैदान प्रवेश गरेपछि पुलिसले सुधारिएको खेल पस्कदै ५३औं मिनेटमा बराबरी गोल गर्न सफल भएका थिए । पेनाल्टी बक्सबाहिर कप्तान अशोक खवासले ह्यान्ड गरेपछि तेज तामाङको फ्रिकिकमा सुमन सुवेदीले अग्लो कदको फाइदा उठाउँदै हेडमार्फत गोल गर्न सफल भएका थिए ।

५७औं मिनेटमा ऋतिकको प्रहार सिधै गोलरक्षक शत्रुघनको हातमा पुग्यो । ६८औं मिनेटमा रवि शंकर पासवानको चिप प्रहारलाई गोलरक्षक प्रिसो उत्कृष्ट बचाउ गर्दा पुलिस अग्रता लिनबाट चुक्यो ।

यो बराबरीसँगै थ्री स्टार ११ खेलबाट १८ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । पुलिस ११ अंका जोडेर १०औं स्थानमा यथावत छ ।

बुधबारै भएको पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गदै दुई खेल बाँकी छँदै लगातार दोस्रो वर्ष लिग च्याम्पियन बनेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.