9 years ago
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रमपम झापा फुटबल क्लब मनमोहन दुहबी गोल्ड कप फुटबल प्रतियोगीताको सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा भारतको शेर फुटबल क्लब, कालिङपोङलाई २–० ले हराउँदै झापाले अन्तिम चारको यात्रा तय गरेको हो ।

अब फाइनल प्रवेशका लागि झापाले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । आयोजक मध्येको एक इलेभन एरोज क्लबलाई २–१ ले हराउँदै मनाङ सेमिफाइनल पुगेको थियो । झापालाई जित दिलाउन योगश गुरुङ र विशाल राईले गोल गरेका थिए । योगेशले आठौं मिनेटमै गोल गरेका थिए । ३ मिनेट इन्जुरी समयको पहिलो मिनेटमा विशालले गोल गरेपछि शेर फुटबलको खेलमा फर्कने सम्भावना सकिएको थियो । योगश म्यान अफ दी म्याच घोषित भए र उनले ट्रफीसहित ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा बुधबार त्रिभुवन आर्मी क्लब र बिआरसी भुटानबीच पहिलो सेमिफाइनल हुनेछ । सेमिफाइनल दुहबी रंगशालामा दिउँसो २ः३० बजे सुरु हुने आयोजकले जनाएका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]