9 years ago
November 30, 2016
लिभरपुल (अजेन्सि) – लिड्स युनाइटेडसङ २-० को जित दर्ता गर्दै इङ्लिश लिग कपको सेमिफाइनल प्रवेश गर्दा लिभरपुलको लागी बेन वुडबर्नले माइकल ओवेनको रेकर्ड तोडेका छन ।

ओरिगिको गोलमा अग्रता लिएको लिभरपुलले बेन्चबाट आएका वुडबर्नको गोलमा जित सुनिस्चिन गरेको थियो । १७ बर्ष ४५ दिनमा गोल गर्दै वुडबर्नले यसघिको माइकल ओवेनको रेकर्ड तोडेका छन । मे १९९७मा १७ बर्ष १४३ दिन छदा आफ्नो प्रीमियर लिगको पहिलो खेलमा गोल गर्दै लिभरपुलको कान्छा गोलकर्ता रहेका ओवेनको किर्तिमान वुडबर्नले तोडेका हुन ।
वुडबर्नको यो उपलब्धिलाई धेरै प्रचार गरेर अहिले यि युवा खेलाडिमा दबाब सिर्जना नगर्न लिभरपुलका म्यानेजर यर्गन क्लपले सर्वसाधारण तथा मिडियालाई आग्रह गरेका छन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]