9 years ago
November 30, 2016
काठमाडाैं (हाम्राे खेलकुद) दुर्घटनामा ज्यान गुमाएका ब्राजिलियन फुटबल खेलाडी , रिपोर्टर र अन्य सबार यात्रुकाे शाेकमा नेपाली महिला फुटबल टाेलीले शाेक मनाएकाे छ ।

तश्बिर – अखिल नेपाल फुटबल संघ
२६ डिसेमबर देखि भारतमा सुरू हुने महिला साफ च्याम्पियनसिपकाे तयारीमा रहेकाे नेपाली टाेलीले बुधबार अभ्यासअघि एक मिनेट माैनधारणा गर्दै विमान दुर्घटनामा परि ज्यान गुमाएका ब्राजिलियन खेलाडीप्रति शाेक प्रकट गरेका हुन् ।
कोपा सुदनामेरिका अन्तर्गत फाइनल खेलको पहिलो लेग खेल्न कोलम्बिया तर्फ प्रस्थान गर्दै गरेको ब्राजिलियन फुटबल टोली चापेकोएन्सीको विमान दुर्घटनामा परी पछी सबार ७७ यात्रु मद्धे ७१ जनाको निधन भएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]