9 years ago
November 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) –विद्यालय स्तरीय छैटौ एञ्जल हार्ट खेल महोत्सब बिहीबारबाट सुरु हुने भएको छ । महोत्सव अन्तर्गत बास्केटबलमा जुनियर र सिनियर छात्र, फुटबल तर्फ सिनियर छात्र र टेबल टेनिसमा छात्र र छात्रा दुवैमा प्रतिस्पर्धा हुनेछ ।

मंसिर २५ गते सम्म हुने महोत्सवका तीनै खेलमा गरेर ४४ विद्यालयको सहभागिता रहने महोत्सव संयोजक टक बहादुर थाापाले नेपाल खेलकुद पत्रकार मञ्चमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । बास्केटबलको जुनियर र सिनियरमा १७/१७ विद्यालय, फुटबलमा विभिन्न २३ विद्यालय र टेबल टेनिसमा विभिन्न विद्यालयका ५० विद्यार्थीको सहभागिता रहने छ । महोत्सव सञ्चालन गर्न करिव पाँच लाख खर्च हुने अनुमान गरिएको छ ।
विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गरी भविष्यमा राष्ट्रियस्तरको खेलाडीहरु उत्पादन गराउने उद्देश्यले खेल महोत्सवको आयोजना गरिएको एञ्जल हार्टका प्रिन्सिपल धन बहादुर पुनले बताए । ‘अहिले स्कुल भित्र खेल्ने सुविधा भएन भने विद्यार्थीहरु पढ्न मान्दैनन् । त्यही भएर हामीले विद्यालयमै स्पोर्टस् एकेडेमीको अवधारण ल्याएका छौं ।’ प्रिन्सिपल पुनले भने, ‘अहिले विद्यालयमा विद्यार्थीहरुलाई खेल्ने र पढ्ने वातावरण दुवैछ ।’
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]