4 years ago
February 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को नयाँ टोली झापा फुटबल क्लबले राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

आइतबार एक कार्यक्रममाझ झापा एफसीले यस सिजनका लागि अन्जनलाई अनुबन्ध गरेको हो । झापाले एनएसएलको गत सिजन मार्की खेलाडीले प्राप्त गरेको भन्दा बढी रकममा अनुबन्ध गरेको जानकारी दियो । सम्झौता पत्रमा क्लबका महासचिव सुजन गौतम र अन्जनविष्टले हस्ताक्षर गरे । गौतमले अन्जन नेपाली फुटबलका उत्कृष्ट खेलाडी भएकाले अनुबन्ध गरेको बताए ।
‘हामीले झापाको क्लब भएका कारण पनि झापाली खेलाडी अनुबन्ध गर्ने सोचमा थियौं । तर अन्जन नेपाली फुटबलका स्टार खेलाडी हुन् । हामी उनलाई टिममा अनुबन्ध गर्न पाउँदा निकै खुसी छौं,’ उनले भने, ‘हाम्रो ध्यान नेपाली फुटबल विकास गर्ने नै हो । अक्सनमा हामी झापाली खेलाडीलाई प्राथमिकतामा राख्ने छौं ।’

अन्जनले पनि क्लबको सोचबाट प्रभावित भएर नै अनुबन्ध गर्ने निर्णय लिएको बताए । ‘मैले क्लबसँग कुरा गर्दा निकै सकारात्मक रहेको पाएँ । यहाँ केहि विशेष वातावरण छ जस्तो लागेको छ । अब एकसाथ मिलेर बलियो टोली निर्माण गर्नेछौं । मैले आफूले सकेको योगदान यहाँ दिनेछु,’ अन्जनले भने ।
झापा एफसीले यसअघि सी डिभिजन छनोटमा पनि प्रतिस्पर्धा गरेको थियो । एनएसएलमा यस सिजन थपिएको तीन टोलीमध्यको झापा मार्की खेलाडी सार्वजनिक गर्ने पहिलो क्लब हो । झापाले प्रशिक्षकबारे पनि चाडै जानकारी दिने बताएको छ ।

एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजेमेन्ट (एनएसइएम) ले गत महिना प्रेस विज्ञप्ति जारी गर्दै एनएसएलको दोस्रो संस्करण चैत २६, २०७८ देखि जेठ ७, २०७९ सम्म आयोजना हुने जनाएको थियो । आयोजकले पछिल्लो संस्करणको ७ टोलीबाट थप ३ टोलीका साथ कुल १० टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ । यसपटक पहिलो चरण पोखरा र दोस्रो चरण काठमाडौंमा हुने आयोजकले जनाएको छ ।
यो पनि : राष्ट्रिय टोलीको योजनामा असर गर्ने एनएसएलबारे एन्फा अनभिज्ञ
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]