default_image

2 years ago

February 28, 2022

चेल्सीलाई हराउँदै लिभरपुल कारवाओ कप च्याम्पियन

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीलाई सडनडेथमा पराजित गर्दै लिभरपुल कारवाओ कप अर्थात इएफएल कपको च्याम्पियन बनेको छ । लिभरपुलले रोमाञ्चक बनेको सडन डेथमा चेल्सीलाई ११–१० ले पराजित गर्दै कारवाओ कपको च्याम्पियन बनेको हो । निर्धारित समय र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्विएको थियो । टाइब्रेकरमा पनि बराबरीपछि खेल सडनडेथमा […]

59 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीलाई सडनडेथमा पराजित गर्दै लिभरपुल कारवाओ कप अर्थात इएफएल कपको च्याम्पियन बनेको छ । लिभरपुलले रोमाञ्चक बनेको सडन डेथमा चेल्सीलाई ११–१० ले पराजित गर्दै कारवाओ कपको च्याम्पियन बनेको हो ।

निर्धारित समय र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्विएको थियो । टाइब्रेकरमा पनि बराबरीपछि खेल सडनडेथमा लम्विदा अन्तिम प्रहारमा किपा एरिजावालगा चुक्दा लिभरपुलले बाजी मार्न सफल भयो ।

वेम्वली स्टेडियममा आइतबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा खेल टाइब्रेकरमा लम्विएको थियो । टाइब्रेकरमा लिभरपुलका सबै ११ खेलाडीले गोल गर्न सक्दा चेल्सीले अन्तिम पेनाल्टी चुकाउँदा उपाधिबाट वञ्चित बन्यो ।

लिभरपुलका जेम्स मिल्नर, फाविन्हो, भर्जिल भान डाइक, ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड, मोहम्मद सलाह, डिएगो जोटा, डिभोक ओरिगी, एन्ड्रिउ रोबर्टसन, हार्भे इलिओट, इब्राहिमा कोनाट र काओइम केलेहेरले गोल गरे ।

चेल्सीका मार्काेस अलन्सो, रोमेलु लुकाकु, काई हाभर्टज, रिस जेम्स, जर्गिन्हो, एन्टेनियो रुडिगर, एङ्गोलो कान्टे, टिमो वेर्नर, थियागो सिल्भा र ट्रिभो चलोवाह गोल गर्दा अन्तिम पेनाल्टीमा गोलरक्षक किपा एरिजावालगा चुके।

च्याम्पियन बनेसँगै लिभरपुल कारवाओ कप सर्वाधिक जित्ने टोली बनेको छ । लिभरपुलले ९ पटक तथा म्यानचेस्टर सिटीले ८ पटक उपाधि जितेको छ ।

लिभरपुल २०११–१२ को सिजनपछि च्याम्पियन बनेको हो । त्यसपछि चेल्सी २०१५–१६ को सिजनमा फाइनलमा पुगेपनि म्यानचेस्टर सिटीसँग पराजित हुँदै उपाधि विमुख बनेको थियो ।

यता, चेल्सी २०१४–१५ को सिजनपछि च्याम्पियन बन्ने संघारमा पुगेपनि असमर्थ रह्यो । यो सिजनपछि चेल्सीले २०१८–१९ मा फाइनल खेल्दा म्यानेचस्टर सिटीसँग पराजित भएको थियो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.