default_image

2 years ago

February 28, 2022

मिलान र इन्टरलाई पछि पार्दै नेपोली शीर्षस्थानमा उक्लियो

एजेन्सी – एसी मिलान र इन्टर मिलानलाई पछि पार्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । आइतबार राति लाजियोलाई २–१ ले पराजित गर्दै नेपोली शीर्षस्थानमा उक्लन सफल भएको हो । लाजियोको मैदानमा नेपोलीको महत्वपूर्ण जितमा लोरेन्जो इन्सिग्ने र फावियनले गोल गरे । घरेलु टोली लाजियोका पेड्रो रोड्रिग्वेजले एक गोल फर्काए । […]

55 views

0 Bookmark

एजेन्सी – एसी मिलान र इन्टर मिलानलाई पछि पार्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । आइतबार राति लाजियोलाई २–१ ले पराजित गर्दै नेपोली शीर्षस्थानमा उक्लन सफल भएको हो ।

लाजियोको मैदानमा नेपोलीको महत्वपूर्ण जितमा लोरेन्जो इन्सिग्ने र फावियनले गोल गरे । घरेलु टोली लाजियोका पेड्रो रोड्रिग्वेजले एक गोल फर्काए ।

स्टेडियो ओलम्पियो रोमामा आइतबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थिउो । ६२औं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै नेपोलीलाई १–० को अग्रता दिलाए । उनले इल्जिफ इल्मासको पासमा गोल गर्न सफल भएका थिए ।

६९औं मिनेटमा लोरेन्जोले नै गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन । ८८औं मिनेटमा पेड्रोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा फावियनले गोल गर्दै नेपोलीलाई महत्वपूर्ण जितसहित ३ अंक दिलाए । उनले लोरेन्जोकै पासमा गोल गर्न सफल भएका थिए ।

जितसँगै शीर्षस्थानमा उक्लिएको नेपोलीको २७ खेलबाट ५७ अंक पुगेको छ । समान अंक रहेपनि मिलान गोल अन्तरमा पछि परेको छ । इन्टर मिलानको ५५ अंक छ । पराजित लाजियो ४३ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.