default_image

2 years ago

March 1, 2022

एटलान्टाको सानदार जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एटलान्टाले सानदार जित दर्ता गरेको छ । एटलान्टाले साम्पडोरियालाई ४–० को भारी अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एटलान्टाको फराकिलो जितमा टिउन कुपमाइनर्सले दुई तथा मारियो पासालिस र एलेक्से मिरानचुकले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुइ गोल निस्किएको थियो । जिविस स्टेडियम बरगामोमा […]

32 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एटलान्टाले सानदार जित दर्ता गरेको छ । एटलान्टाले साम्पडोरियालाई ४–० को भारी अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एटलान्टाको फराकिलो जितमा टिउन कुपमाइनर्सले दुई तथा मारियो पासालिस र एलेक्से मिरानचुकले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुइ गोल निस्किएको थियो ।

जिविस स्टेडियम बरगामोमा सोमबार राति भएको खेलको छैटौं मिनेटमा मारियो पासालिसको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । उनले रेमो फ्रेउलेरको पासमा हेडमार्फत गोल गर्न सफल भएका थिए । २९औं मिनेटमा टिउन कुपमाइनर्सले गोल गर्दै एटलान्टालाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले माटियो पेसिनाको पासलाई सदुपयोग गरेका थिए ।

६१औं मिनेटमा टिउन कुपमाइनर्सले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै एटलान्टालाई सहज जिततर्फ अघि बढाए । उनले एलेक्से मिरानचुकको पासलाई सदुपयोग गरेका थिए । एक असिस्ट दिइसकेका एलेक्से मिरानचुकले ८६औं मिनेटमा रेमो फ्रेउलेरको पासमा गोल गर्दै एटलान्टाको फराकिलो जित पक्का गरे ।

यो जितसँगै एटलान्टाले शीर्ष चारमा बलियो दावेदारी प्रस्तुत गरेको छ । एटलान्टा २६ खेलबाट ४७ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । एटलान्टा एक खेल बढी खेलेको युभेन्ट्सभन्दा ३ अंकले पछि छ । पराजित साम्पडोरिया २६ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.