4 years ago
March 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई नै मार्की खेलाडीमा निरन्तरता दिएको छ ।

साविक उपविजेता धनगढीले बुधबार दोस्रो संस्करणको एनएसएलको लागि विशाललाई नै मार्की खेलाडीमा निरन्तरता दिएको जनाएको छ । क्लबले सामाजिक संजालमार्फत विशाललाई अनुबन्ध गरेको जानकारी दिएको हो । एनएसएल चैत २६ बाट शुरु हुने तालिका छ ।
धनगढी गत वर्ष फाइनलमा काठमाडौं रेजर्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । मच्छिन्द्र फुटबल क्लबले लगातार दोस्रोपटक ए डिभिजन लिगको उपाधि जित्दा विशाल टोलीका महत्त्वपूर्ण सदस्य रहेका थिए । उनले वैवाहिक सम्बन्धमा बाँधिने भएपछि लिगको अन्त्यतिर केहि खेल गुमाएका थिए ।
यस्तै झापा एफसीले राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरिसकेको छ । अन्य ८ टोलीले भने मार्की खेलाडी सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनइएसएम)को आयोजनामा हुने एनएसएलमा यसपटक ३ नयाँ टिम थपिएपछि कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । आयोजकले शुक्रबार अक्सन गर्ने जनाएको छ । अक्सनका लागि २४२ खेलाडीलाई तीन क्याटगोरीमा विभाजन गरिएको छ । मार्कीका लागि तोकिएका खेलाडी मार्की खेलाडी नबनेको अवस्थामा उनी अक्सनमा जानेछन् ।
एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् ।
यो पनि :
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]