4 years ago
March 2, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) मुकदर्शक बनिरहँदा नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सुरु नहुँदै विवादमा पर्ने संकेत देखिएको छ ।

एनएसएलले शुक्रबारको लागि तय गरिएको भनिएको खेलाडी अक्सनलाई इंगित गर्दै ए डिभिजन क्लबहरुसँग छलफल गरेर मात्र अघि बढाउन ए डिभिजन लिगका ८ क्लबले बुधबार एन्फा अध्यक्षलाई पत्र लेख्दै आग्रह गरेका छन् । लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसहित न्यूरोड टिम (एनआरटी), सातदोबाटो युथ क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबका पदाधिकारीको बैठकपछि संयुक्त विज्ञप्ती जारी गरिएको बताइएको छ ।
८ क्लबले आइतबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै ए डिभिजन क्लबमा खेलाडीहरु अनुबन्धन रहँदाको अवस्थामा अन्य कुनै क्लबमा दर्ता नगर्न नगराउन आग्रह गरिएपनि त्यस विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्बोधन गर्नु अनुरोध गर्दा वेवास्ता गरेको जनाउँदै जनाएको छ ।
त्यसो त ए डिभिजन आधिकारिक लिग रहेको र एनएसएल कुनै आधिकारिकता नपाएको लिग भएकाले एन्फाले लिग संचालन स्वीकृति दिएको मै प्रश्न उठिरहेको छ । गत संस्करण एनएसएल गर्ने समयमा खेलाडीहरु क्लबसँग अनुबन्धमा नरहेकाले लिग सम्भव भएको थियो । हाल ए डिभिजन क्लबले खेलाडीसँग सम्झौता गरेकाले फुकुवा पत्र पाएपछि मात्र अधिकारिक क्लबमा खेल्न पाइन्छ । एनएसएलका क्लबहरुको आधिकारिकता मै प्रश्न उठिरहँदा एन्फा शान्त बस्दा समस्या झनै बल्झदै गएको छ ।

ए डिभिजनका ८ क्लबले पत्रमा भनेका छन्, ‘फुटबल विकासमा महत्वपूर्ण लगानी गर्दै आइरहेका क्लबहरुको भविष्यलाई कुठाराघात पार्ने खालको कार्य भइरहेको हुँदा क्लबहरुको अनुमति विना नै क्लबमा कानुनी रुपमा आबद्ध रहेका खेलाडीहरुको बोल कबोल गर्ने समाचार बाहिर आएको विषय प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’
अगाडि भनिएको छ, ‘यस्तो क्रियाकलापबाट देशको फुटबल खेलमा नकारात्मक असर पर्न देखिएकोले यस्तो कार्य नगर्न हुन एन्फा र अन्य सरोकारवालामा जानकारी गराउँदछौं ।’
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनइएसएम)को आयोजनामा हुने एनएसएलमा यसपटक ३ नयाँ टिम थपिएपछि कुल १० टिमले प्रतिस्पर्धा गर्ने यसअघि नै पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो । आयोजकले शुक्रबार खेलाडी अक्सन गर्ने जनाएको छ । अक्सनका लागि २ सय ४२ खेलाडीलाई तीन क्याटगोरीमा विभाजन गरिएको छ । एनएसएलले अक्सन सुचिमा रहेका खेलाडीलाई फुकुवा पत्रसहित नाम दर्ता गराउन पनि अनुरोध गरेको थियो ।
एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]