4 years ago
March 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को अक्सन शुक्रबार काठमाडौंमा हुँदैछ । विहान १० बजे सुरु हुने भनिएको अक्सनमा साढे २ सय भन्दा बढी खेलाडी सहभागी हुनेछन् ।

यसपटक अक्सनमा १० टोली सहभागी हुँदैछन् । हरेक टोलीले अक्सनबाट १५ खेलाडी लिनेछन् । अक्सनको १५ खेलाडी, ५ विदेशी खेलाडी, २ ट्यालेन्ट हन्ट र एक मार्कीसहित यसपटक २३ खेलाडीसहितको टोलीले एनएसएलमा प्रतिस्पर्धा गर्नेछन् । अक्सनका लागि एनएसएलले यसअघि नै खेलाडीलाई ३ श्रेणीमा वर्गीकरण गरिसकेको छ ।
ए श्रेणीका खेलाडीको सुरुवाती मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ । ए श्रेणीका खेलाडीले अधिकतम ३ लाख ५० हजार रुपैयाँसम्म प्राप्त गर्नेछन् । यसपटक ए श्रेणीको खेलाडीका लागि गोल्डेन बजर थिच्न प्रावधान पनि ल्याइएको छ । हरेक टोलीले अक्सनका दौरान एक खेलाडीका लागि यो प्रयोग गर्न पाउँछ । खेलाडीको नाम आउने बितिकै जुन टोलीले पहिला गोल्डेन बजार थिच्छ, त्यसै टोलीले अधिकतम मूल्य तिरेर खेलाडी अनुबन्ध गर्नेछ । हरेक टोलीलाई अक्सनभर एक खेलाडी अनुबन्धन गर्न मात्र यो सुविधा दिइएको छ ।
त्यस्तै बी श्रेणीका खेलाडीको सुरुवाती मुल्य १ लाख र अधिकतम मूल्य १ लाख ५० हजार रहेको छ । सी श्रेणीका खेलाडीले ५० हजार देखि १ लाखसम्म पाउनेछन् । यसपटक ट्यालेन्ट हन्टबाट २ खेलाडी अनुबन्ध गर्न पाउनेछ । अक्सनपछि अनुबन्ध गर्न पाइने यस श्रेणीमा टोलीले आफ्नै क्षेत्रको मात्र खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान रहेको छ ।

हालसम्म सहभागी सबै १० टोलीले मार्की खेलाडी सार्वजनिक गरिसकेका छैनन् । नवप्रवेशी झापा फुटबल क्लबले अन्जन विष्टलाई मार्की खेलाडी चुन्दा प्रशिक्षकबारे जानकारी दिएको छैन । विहीबार मात्र काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीले मार्की खेलाडीसँगै मुख्य प्रशिक्षक घोषणा गरेका थिए । काठमाडौं रेजर्सले विकेश कुथुलाई र विराटनगरले रञ्जित धिमाललाई मार्की खेलाडीका रुपमा निरन्तरता दिएको घोषणा गरेको थियो ।
त्यस्तै काठमाडौंले बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ । विराटनगरले भने विष्णु गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । विष्णले यसपटक ए डिभजिन लिगमा प्रशिक्षकका रुपमा डेब्यू गर्ने क्रममा संकटा क्लब सम्हालेका थिए । संकटाले सातौं स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो । त्यस्तै धनगढी एफसीले विशाल राईलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ । प्रशिक्षकमा पनि युगलकिशोर राई र मिन बस्नेत नै छन् ।
पोखरा थन्डर्सले सुजल श्रेष्ठलाई मार्की खेलाडीमा अनुबन्ध गर्दा प्रशिक्षकमा नविन न्यौपाने निरन्तर छन् । त्यस्तै बुटवल लुम्बीनीले विशाल श्रेष्ठलाई मार्कीमा निरन्तरता दिंदा प्रशिक्षकमा अनन्त थापालाई अनुबन्ध गरेको छ । चितवनले फुजा तोपेलाई प्रशिक्षकमा ल्याएको छ । इलाम र वीरगंजले हालसम्म कुनै घोषणा गरेका छैनन् ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनइएसएम) को आयोजनामा चैत २६ गतेबाट सुरु हुने भनिएको एनएसएलको दोस्रो संस्करणमा यसपटक ३ नयाँ टोली थपिएपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । आयोजकले शुक्रबार खेलाडी अक्सन गर्ने जनाएको छ । अक्सनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २ सय ४२ खेलाडीलाई तीन क्याटगोरीमा विभाजन गरेको छ ।
एनएसएलमा धनगढी, विराटनगर, काठमाडौं रेजर्स, झापा, पोखरासहित ललितपुर सिटी एफसी, एफसी चितवन, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने बताइएको छ ।
खेलाडीको श्रेणी :
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]