4 years ago
March 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को अक्सन शुक्रबार काठमाडौंमा सम्पन्न भयो । दोस्रो संस्करणमा सहभागी सबै १० टोलीले अक्सनमार्फत ए, बी र सी श्रेणीबाट कुल १५-१५ खेलाडी अनुबन्धन गरे ।

अक्सनमा सहभागी २ सय ४७ खेलाडीमध्य सबै १० टोलीको बोली भने दुई खेलाडीमा मात्र लाग्यो । अक्सनमा १४ औं खेलाडीका रुपमा आएका लाकेन लिम्बुमाथि सबै १० टोलीले बोली लगाए । सी श्रेणीका खेलाडी लाकेनको नाम आएको केही बेरमा नै अधिकतम १ लाख रुपैयाँ भाउ पुगेपछि गोलाप्रथा गरिएको थियो । सबै १० टोली सहभागी गोलाप्रथामा झापा एफसीले बाजी मार्यो ।
लाकेन रुस्लान थ्री स्टारबाट ए डिभिजन लिग खेलेका खेलाडी हुन् । यसै सिजन ए डिभिजनमा डेब्यु गरेका उनी सिंगापुरबाट आएका हुन् । लिगको अन्त्यतिर मात्र अवसर पाएका उनले समग्रमा ५ खेल सुरुवात गर्दै कुल ८ खेल खेले । उमेरले १९ वर्ष पुगेका उनी सेन्टर मिडफिल्डमा खेल्छन् । रक्षात्मक रुपमा बलिया खेलाडी उनी शारीरिक हिसाबमा पनि विकसित भएका छन् । सी श्रेणीमा उनीमाथि सबै टोलीले ध्यान दिनु स्वभाविक थियो ।

त्यस्तै १६ औं खेलाडीमा आएका शिव गुरुङले पनि सबै टोलीको ध्यान ताने । नाम आएको केही सेकेन्डमा नै बी श्रेणीमा नाम रहेका शिवको अधिकतम मूल्य १ लाख ५० हजार पुगेको थियो । वीरगंज युनाइटेडले गोलाप्रथामा भाग्यमानी हुँदै उनलाई आफ्नो टोलीमा समेट्यो । मार्की खेलाडी देवेन्द्र तामाङ आफैं पनि डिफेन्डर भएकाले शिवबारे राम्रो जानकारी राखेका थिए ।
शिवले यस सिजन न्यु रोड टिम (एनआरटी) बाट लिग खेलेका थिए । उनले लिगमा १२ खेल खेल्दा ११ त सुरुवाती रोजाइमा खेल्दै पूरा ९० मिनेट मैदानमा बिताए । रुपन्देहीका शिवले गत सिजन बाँसबारी क्लबबाट बी डिभिजन खेल्दै प्रभाव छाडेका थिए । सेन्टर हाफ र राइट ब्याक दुवै पोजिसनमा खेल्न सक्ने उनलाई मनाङ मर्स्याङ्दीले आहा गोल्डकपको लागि समेत लगेको थियो । उनले मनाङका लागि पनि सुरुवाती रोजाइमा खेलेका थिए ।
समग्रमा अक्सनमा टोलीहरुको प्रदर्शन यस्तो रहयो : अक्सनमा पोखरा बलियो, अधिकांश विदेशीकै भरमा
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]