default_image

2 years ago

March 7, 2022

महिला लिग : अर्थोप्लास्ट र ललितपुरबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगका लागि ललितपुर महानगरपालिका महिला फुटबल टिम र अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरबीच सम्झौता भएको छ । ललितपुर उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा उपविजेता बन्दै राष्ट्रिय लिगका लागि छनोट भएको थियो । लिग अवधि र त्यसअघि तयारीका क्रममा अर्थोप्लास्टले ललितपुरको टोलीलाई फिजियो सेवा प्रदान गर्नेछ । सोमबार सम्झौता पत्रमा ललितपुर […]

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगका लागि ललितपुर महानगरपालिका महिला फुटबल टिम र अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरबीच सम्झौता भएको छ ।

ललितपुर उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा उपविजेता बन्दै राष्ट्रिय लिगका लागि छनोट भएको थियो । लिग अवधि र त्यसअघि तयारीका क्रममा अर्थोप्लास्टले ललितपुरको टोलीलाई फिजियो सेवा प्रदान गर्नेछ । सोमबार सम्झौता पत्रमा ललितपुर फुटबल टिमकी सचिव सरला श्रेष्ठ र अर्थोप्लाष्टका तर्फबाट मेडिकल निर्देशक सुरज भुसालले हस्ताक्षर गरे ।

अखिल नेपाल फुटबल संघले आइतबार सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेलमै एपिएफ र आर्मी भिड्ने तय भएको हो । राष्ट्रिय महिला लिग १० चैतबाट सुरु हुँदैछ । यसपटक लिग मोफसल भरतपुर चितवन र मोरङको विराटनगरमा हुनेछ ।

लिगमा तीन विभागसँगै चन्द्रपुर नगरपालिका, विराटनरगर महानगरपालिका, वालिङ नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहेको छ । पहिलो चरण भरतपुरमा र दोस्रो चरण विराटनगरमा हुने यसअघि नै एन्फाले जनाएको छ । यसका लागि एन्फाले भरतपुर महानगरपालिका र विराटनगर महानगरपालिकासँग सम्झौता गरिसकेको छ ।

लिग १० चैतबाट सुरु भएर ३० चैतमा सकिनेछ । हाललाई एन्फाले पहिलो चरणको मात्र खेल तालिका सार्वजनिक गरेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.