default_image

9 years ago

December 1, 2016

रोनाल्डिन्हो शोकमा रहेको चापेकोएन्सीबाट खेल्न सन्यास फिर्ता लिन सक्ने

193 views

0 Bookmark

कोलम्बिया (एजेन्सी) – ब्राजिलिय क्लब चापेकोउन्सीका खेलाडी रहेको विमान कोलम्बियामा दुर्घटनाले फुटबलसँग जोडिएका सबै स्तब्ध छन् । कोपा सुदनामेरिका फाइनल खेलको पहिलो लेग खेल्न कोलम्बिया पुग्ने क्रमा विमान दुर्घाटनामा परेपछि ब्राजिलियन क्लबले अधिकांश टोलिनै गुमाएको थियो । अहिले विश्वभरबाट क्लबलाई सहयोग गर्नेहरु इच्छुक देखिएका छन् ।

Ronaldinho

कतिपय ब्राजिलियन क्लबहरुले सित्तैमा आफ्नु खेलाडी लोनमा खेल्न पठाउने समाचार आइरहेका छन् । यसैबीचमा अन्तराष्ट्रिय सञ्चारमाध्यमले ब्राजिलियन महानखेलाडी मध्येका एक रोनाल्डिन्होले पनि सन्यास फिर्ता लिन सक्ने अनुमान गरेका छन् । सामाजिक सन्जालहरुमा  #ronaldinhonachape भनेर समर्थकहरुले रोनाल्डिन्हो लाई आग्रह गरे पछि उनी चापेकोउन्सीबाट खेल्न सक्ने सनले जनाएको छ । सन् २०१५ मा फ्लुमिनेन्सबाट औपचारिकरुपमा सन्यास लिएपछि रोनाल्डिन्होले मैत्रीपूर्ण खेलबाहेक कुनै खेल खेलेका छैनन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.