default_image

2 years ago

March 8, 2022

रियलविरुद्ध एमबाप्पे खेल्ने सम्भावना

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलीयन एमबाप्पे यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार हुने राउन्ड अफ १६ को दोस्रो लेगमा खेल्ने सम्भावना रहेको छ । फ्रान्सेली क्लब पिएसजीले रियल म्याड्रिडको सामना गर्दा युवा फरवार्ड एमबाप्पे प्रशिक्षणका दौरान बोकेको चोटले बाहिर रहने अनुमान गरिएको थियो । तर पिएसजीले आफ्नो २४ सदस्यीय टोलीमा एमबाप्पेलाई समेट्दै उनी खेल्ने सम्भावना […]

169 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलीयन एमबाप्पे यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार हुने राउन्ड अफ १६ को दोस्रो लेगमा खेल्ने सम्भावना रहेको छ ।

फ्रान्सेली क्लब पिएसजीले रियल म्याड्रिडको सामना गर्दा युवा फरवार्ड एमबाप्पे प्रशिक्षणका दौरान बोकेको चोटले बाहिर रहने अनुमान गरिएको थियो । तर पिएसजीले आफ्नो २४ सदस्यीय टोलीमा एमबाप्पेलाई समेट्दै उनी खेल्ने सम्भावना रहेको संकेत गरेको छ । सोमबार प्रशिक्षण दौरान मिडफिल्डर इद्रिसा गेयेको ट्याकलमा उनी चोट बोक्न पुगेका थिए ।

प्रारम्भिक परिक्षणका अनुसार एमबाप्पेको चोट खासै गम्भीर नरहेको थाहा भएको थियो । एमबाप्पेले उक्त चोटका कारण नै मंगलबार प्रशिक्षणमा सहभागी नजनाएको फ्रान्सेली मिडियाले लेखेका छन् । प्रशिक्षक माउरिसियो पोचेटिनोले एमबाप्पेलाई म्याड्रिड प्रस्थान गर्ने टोलीमा समेटेका छन् ।

पहिलो लेगमा पिएजसीले एमबाप्पेकै गोलमा १-० को अग्रता लिएको छ । एमबाप्पेले यस सिजनको च्याम्पियन्स लिगका ७ खेलमा ५ गोल गरेका छन् । उनी टोलीको आक्रमणमा मुख्य खेलाडीका रुपमा स्थापित छन् । उनले घरेलु प्रतियोगितामा १९ गोल गर्दै शीर्ष गोलकर्ता बनेका छन् ।

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

Success

Thank you for your time.