default_image

2 years ago

March 10, 2022

बेन्जेमा रियल म्याड्रिडको तेस्रो सर्वाधिक गोलकर्ता

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल म्याड्रिडको तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । अल्फ्रेडो डि स्टेफानोलाई पछि पार्दै बेन्जेमा रियलको तेस्रो सर्वाधिक गोलकर्ता बनेका हुन् । बुधबार राति च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि ३–१ को जितमा ह्याट्रिक पुरा गरेपछि उनी रियलको तेस्रो सर्वाधिक गोलकर्ता बनेका […]

132 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल म्याड्रिडको तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । अल्फ्रेडो डि स्टेफानोलाई पछि पार्दै बेन्जेमा रियलको तेस्रो सर्वाधिक गोलकर्ता बनेका हुन् ।

बुधबार राति च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि ३–१ को जितमा ह्याट्रिक पुरा गरेपछि उनी रियलको तेस्रो सर्वाधिक गोलकर्ता बनेका हुन् ।

सन् २००९ देखि रियलमा रहेका ३४ वर्षीय बेन्जेमाले रियलका लागि ५९२ खेलमा ३०९ गोल गरेका छन् । अल्फ्रेडो डि स्टफानोले १९५३ देखि १९६४ सम्म ३९६ खेलमा ३०८ गोल गरेका थिए ।

अब बेन्जेमा भन्दा अघि क्रिस्टियानो रोनाल्डो र राहुल रहेका छन् । रियलको सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेको रोनाल्डोले २००९ देखि २०१८ सम्म ४३८ खेलमा ४५० गोल गरेका छन् । दोस्रोमा रहेको राहुलले १९९४ देखि २०१० सम्म ७४१ खेलमा ३२३ गोल गरेका छन् । बेन्जेमा राहुलभन्दा १४ गोलले पछि रहेको छ ।

यस्तै बेन्जेमा च्याम्पियन्स लिगमा ह्याट्रिक पूरा गर्ने सबैभन्दा पाका खेलाडीसमेत बनेका छन् । उनले ३४ वर्ष ८० दिनको उमेरमा ह्याट्रिक प्रहार गरेका हुन् ।

करिम बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेपछि रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ ले तथा समग्रमा ३–२ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो ।

बेन्जेमाको ३०९ गोलले उसलाई क्लबमा सधैं सम्झने सुनिश्चित गर्नेछ । बेन्जेमाले २० सेप्टेम्वर २००९ मा जेरेजविरुद्ध रियलका लागि डेब्यु गोल गरेका थिए । पिएसजीविरुद्धको ह्याट्रिकसँगै बेन्जेमाले रियलबाट च्याम्पियन्स लिगमा राहुल गोन्जालेजको ६६ गोललाई उछिनेको छ । बेन्जेमाले ६७ गोल पु¥याएको छ । बेन्जेमाले च्याम्पियन्स लिगमा ७९ तथा राहुलले ७१ गोल गरेका छन् ।

सन् २००४– ०५ को सिजनमा च्याम्पियन्स लिगमा पहिलो गोल गरेका थिए । यो सिजन रोनाल्डोले च्याम्पियन्स लिगमा ८ गोल गरिसकेका छन् । उनले २०११–१२ को सिजनमा ७ गोल गरेका थिए ।

यो सिजन उच्च लयमा रहेका बेन्जेमाले यो सिजन यो अवधिमा ३० गोल गरेका छन् । जुन गत सिजनको भन्दा १ कम र २०११–१२ को सिजनभन्दा २ गोलले पछि छ । बेन्जेमाले २०११–१२ को सिजनमा जोसे मौरिन्होको प्रशिक्षणमा ३२ गोल गरेका थिए ।

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

Success

Thank you for your time.