default_image

3 years ago

March 23, 2023

अष्ट्रेलिया जानुअघि सुजलको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

404 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली फुटबल टोली (यू-२३) ले स्वर्ण जित्दाका कप्तान सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

आजनै मछिन्द्र क्लबका सहकर्मी रन्जित धिमालसँग अष्ट्रेलिया जाने तयारीमा रहेका सुजलले सन्यासको लागि सहि समय आएको बताएका छन् । ‘हरेक खेलाडीको एउटा समय हुन्छ । आफ्नो समयमा खेल्ने र समय आएपछि विश्राम लिनु उपयुक्त हुन्छ,’ सुजलले हाम्रो खेलकुदसँग भने,‘अब म भन्दा राष्ट्रिय टोलीबाट खेल्ने नयाँ पुस्ताका भाईहरु आइसकेका छन् । उनीहरुका लागि पनि मैले ठाँउ छाड्नु उपयुक्त हुन्छ भन्ने लाग्छ ।’

अष्ट्रेलियामा बेनी एफसीबाट खेल्ने जाने तयारीमा रहेका सुजलले फर्केर स्वदेशमा क्लब फुटबललाई निरन्तरता दिने सम्भावना पनि रहेको बताए । ‘परिवारको यादले उता बस्ने अवस्था भएन भने फर्केर आउँछु,’ गत वर्ष फागुनमा छोरीका बाबु बनेका सुजलले भने,‘त्यो सबै परिस्थितिमा भर पर्छ ।’

अष्ट्रेलिया जाने तय भएपछि औपचारिक रुपमा राष्ट्रिय टोलीबाटै मैदानबाट सन्यास लिने सुझाव आएपनि आफूलाई त्यसरी घोषणा गर्न उपयुक्त नलागेको उनले बताए । ‘व्यक्तिगत रुपमा मैदानबाटै सन्यास घोषणा गर्नुपर्छ भन्ने लागेन। यो मेरो व्यक्तिगत रुची हो । अन्तर्राष्ट्रिय खेलाडीहरुले पनि त्यो अभ्यास गर्छन्,’ उनले भने,‘ सबैले मैदानबाट सन्यासको घोषणा गर्नुपर्छ भन्ने जरुरी छैन ।’

उनले आफ्नो खेल जीवनबाट भने सन्तुष्ट रहेको बताए । ‘मैले राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाए । जति गर्न सफलता प्राप्त गरे । त्यसमा सन्तुष्ट छु,’ उनले थपे,‘ व्यवासयिक रुपमा देश बाहिर खेल्ने अवसर पाएन भन्ने मात्र रह्यो । बाँकी मलाई केहि गुनासो छैन । ’ राष्ट्रिय टोलीबाट उनले ३७ खेलमा ३ गोल गरेका थिए । एन्फा एकेडेमीका उत्पादन सुजलले सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए ।

राष्ट्रिय टोलीको ठूलो सफलताका सदस्य समेत रहेका सुजलले गत वर्ष चोटका कारण मैदान बाहिर रहनु परेको थियो । उनकै कप्तानमा मछिन्द्र फुटबल क्लबले लगातार दुई पटक सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको थियो । त्यसअघि उनले मनाङ मस्याङ्दी क्लबबाट पनि लगातार दुई पटक सहिद स्मारक ए डिभिजन लिग जितेका थिए ।

२०७३ सालमा मलेसियामा राष्ट्रिय टोलीले एएफसी सोलिडारिटी कप च्याम्पियन बन्दा मकाउविरुद्धको फाइनलमा सुजलनै गोल गरेका थिए । तीन वर्षअघि स्वदेशमा भएको १३ औं सागमा उनकै कप्तानीमा नेपालले स्वर्ण पदक रक्षा गरेको थियो । घरेलु फुटबलका सफल खेलाडी मध्ये एक सुजल ए डिभिजन लिगमा लगातार ४ पटक च्याम्पियन बन्ने ३ खेलाडी मध्ये एक हुन् ।

सुजलसँगै विशाल राई र गोलकिपर विशाल श्रेष्ठले मनाङ मर्स्याङ्दी क्लबबाट २ र पछिल्लो दुई पटक मछिन्द्रबाट लिग उपाधि जितेका थिए । मनाङसँग झन्डै एक दशकको यात्राको अन्त्य गर्दै २०७६ मा सुजल मछिन्द्रमा आबद्ध भएको थिए । यसपटक पनि मछिन्द्रका लागि सुजलले उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । लिगअघि मोफसलका प्रतियोगितामा लगातार प्लेयर अफ द म्याच भएका उनले लिगमा पनि राम्रो प्रदर्शन गरेका थिए । लिगको अन्तिम खेलमा चोट बोकेपछि उनले राष्ट्रिय टोलीमा पनि समावेश हुन पाएनन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.