4 years ago
March 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – श्री कुमारी क्लब र रानीपोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीकार भएको खेलमा श्री कुमारी र आरसिटीले १–१ गोलको बराबरी खेलेका हुन् ।
खेलको चौथो मिनेटमा श्रीजन राज गौतमको गोलबाट श्री कुमारीले सुरुवाती अग्रता लिएको थियो । तर, त्यो गोलको एक मिनेटपछि नै प्रज्वल गुरुङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
यो बराबरीसँगै आरसिटी ३ खेलबाट ४ अंक जोडेर छैटौ स्थान रहँदा तीन बराबरी खेलेको श्री कुमारी ३ अंकसहित आठौं स्थानमा रहेको छ । लिगकै अर्काे खेलमा टुसाल युथ क्लब र झम्सिखेलयुथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले केही मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।
बराबरीपछि झम्सिखेल ४ खेलबाट ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । टुसाल ४ खेलबाट ३ अंक जोडेर १२औं स्थानमा रहेको छ ।
लिगमा शुक्रबार तीन खेल हुनेछ । शुक्रबार ब्वाइज युनियन र नयाँबस्ती, सरस्वती र खुमलटार तथा श्री भगवती र सामाजिक युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । सबै खेल एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]