default_image

2 years ago

March 11, 2022

मासन र काई चम्कदा चेल्सीको सहज जित

एजेन्सी – मासन माउन्ट र काई हाभर्टजले समान एक गोलसँगै अर्काे असिस्ट दिएपछि लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ । चेल्सीले नर्विच सिटीमाथि उसकै मैदानमा ३–१ को सहज जित आत्मसात गरेको हो । चेल्सीको जितमा ट्रिभोअ चलोवाह, मासन माउन्ट र काई हाभर्टजले गोल गरे । घरेलु टोलीका टिमु पुकीले एक […]

82 views

0 Bookmark

एजेन्सी – मासन माउन्ट र काई हाभर्टजले समान एक गोलसँगै अर्काे असिस्ट दिएपछि लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ ।

चेल्सीले नर्विच सिटीमाथि उसकै मैदानमा ३–१ को सहज जित आत्मसात गरेको हो । चेल्सीको जितमा ट्रिभोअ चलोवाह, मासन माउन्ट र काई हाभर्टजले गोल गरे । घरेलु टोलीका टिमु पुकीले एक गोल फर्काए ।

क्यारो रोड नर्विचमा बिहीबार राति भएको खेलको तेस्रो मिनेटमा नै ट्रिभोअ चलोवाहको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । उनले मासन माउन्टको कर्नरमा हेडरमार्फत गोल गरेका थिए । १४औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले काई हाभर्टजको पासमा गोल गर्न सफल भएका थिए ।

६९औं मिनेटमा टिमु पुकीले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिए । पेनाल्टी बक्समा ट्रिभोअ चलोवाहले हातले बल छुन पुगेपछि रेफ्रीको भिएआरको सहायता लिदै नर्विचलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा टिमु पुकी चुकेनन् । तर, इन्ज्युरी समयमा काई हाभर्टजले एङ्गोलो कान्टेको पासमा गोल गर्दै चेल्सीको जित पक्का गरे ।

यो जितसँगै चेल्सीले दोस्रो स्थानको लिभरपुलसँगको अंक दुरी छोट्याउँदै तेस्रो स्थानलाई थप मजवुत बनाएको छ । चेल्सीको २७ खेलबाट ५६ अंक पुगेको छ । लिभरपुलको ६३ तथा दुई खेल कम खेलेको आर्सनलको ४८ अंक छ । पराजित नर्विच १७ अंक जोडेर पुछारमा रहँदा रेलिगेसन दवाव बढेको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा वल्भ्सले वाट्फोर्डलाई ४–०, न्युक्यासलले साउथ ह्याम्टनलाई २–१ ले तथा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३–० को पराजित गरेको छ ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.