9 months ago
April 29, 2024
हिमाल खरेल, बिर्तामोड
धरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो ।
मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । खेलको ३१ औं मिनेटमा करणले नै डिबक्समा पाएको पासलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २-० को अग्रता बनाएको मानेभन्ज्याङले ४६औं मिनेटमा करण राईको क्रसमा अनमार्क रहेका सुरज रसाइलीले गोल गर्दै अन्तर फराकिलो पारे ।
खेलको ५५औं मिनेटमा मानेभन्ज्याङका तुषार विश्वकर्माले डिबक्स बाहिरबाट गरेको सोझो प्रहार गोलमा परिणत भएको थियो ।
६७ औं मिनेटमा मानेभन्ज्याङका लागि सुरज रसाइलीले गोलकिपरसँग वान टु वानको स्थितिमा गोल गरे । सुरज खेलको प्लेयर अफ द म्याच बन्दै ३ हजार रुपैयाँ पाए।
धरान एफसीले खेलमा एकमात्र सान्त्वना गोल फर्कायो । कप्तान तपन कार्कीले पेनाल्टी एरियामा पाएको बललाई गोल गर्न सफल भए ।
खेलमा गोल गर्ने थुप्रै अवसर सिर्जना गरेको धरान मानेभन्ज्याङको मजबुत डिफेन्स लाइनका कारण निरीह भएको थियो ।
प्रतियोगितामा मंगलबार रेडहर्स क्लब इलाम र बेलबारी एफसी मोरङबीच अन्तिम क्वाटरफाइनलमा खेलहुनेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ पाउनेछ ।
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]