4 years ago
March 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – श्री भगवती क्लब टोखा सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । श्री भगवतीले पुछारमा रहेको सामाजिक युथ क्लबमासथ ३–२ को जित निकाल्दै शीर्षस्थानमा उक्लिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा श्री भगवतीको जितमा सन्तोष केसी, अनिल गुरुङ र अनुज भण्डारीले गोल गरे । सामाजिकका विकास तितुङ र बसन्त बहादुर रानाले गोल फर्काए ।
खेलको ३५औं मिनेटमा सन्तोष केसीको गोलबाट अग्रता लिएको श्री भगवतीले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा अनिल गुरुङको गोलबाट अग्रता दोब्बर पारेको थियो ।
दोस्रो हाफमा सामाजिकले १० मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएा थिए । ५०औं मिनेटमा कप्तान विकास तितुङले तथा ६०औं मिनेटमा बसन्त बहादुर रानाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर, ६६औं मिनेटमा परिवर्तित खेलाडी अनुज भण्डारीले गोल गर्दै श्री भगवतीलाई महत्वपूर्ण ३ अंक दिलाए । अनुज ५९औं मिनेटमा उर्केन जङ्वु शेर्पाको स्थानमा मैदान छिरेका थिए ।

जितसँगै शीर्षस्थानमा उक्लिएको श्री भगवतीको ४ खेलबाट १० अंक पुगेको छ । एक खेल कम खेलेको चर्च ब्वाइज युनाइटेडको ९ अंक छ । पराजित सामाजिक ४ खेलबाट १ अंक जोडेर पुछारमा रहेको छ ।
लिगकै अर्काे खेलमा नयाँबस्ती युथ क्लबले लिगमा पहिलो जित हात पार्ने क्रममा ब्वाइज युनियन क्लबमाथि ३–२ को जित निकालेको छ । नयाँबस्तीको जितमा सुमन योङ्या, रोशन आङ्देम्वे र सोम थापाले गोल गरे । ब्वाइज युनियनका विनोद राई र रिवोस मास्केले गोल गरे ।
जितपछि नयाँबस्ती चार खेलबाट ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । ब्वाइज युनियन ४ खेलबाट ३ अंक जोडेर ११औं स्थानमा रहेको छ ।
यस्तै सरस्वती युथ क्लबले खुमलटार युथ क्लबलाई २–१ ले पराजित गरेको छ । सरस्वतीको जितमा अर्जुन गुरुङ र अनिष परियारले गोल गरे । खुमलटारका सविन केसीले एक गोल फर्काए । जितपछि सरस्वती ४ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित खुमलटार ४ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]