4 years ago
March 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राजेश पौडेलको ह्याट्रिकमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनमाथि फराकिलो जित निकाल्दा शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडले लिगमा पहिलोपटक अंक गुमाएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीले मध्यपुरमाथि ६-० को सानदार जित दर्ता गरको हो । एक तर्फी जस्तो भएको खेलमा बाँसबारीले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप पाँच गोल गर्न सफल भएको थियो ।
बाँसबारीले २३औं मिनेटमा सञ्जय धिमालले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ६२औं मिनेटमा दोस्रो गोल गर्दा राजेश पौडेलले ५१औं, ६४औं र ७८औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए । त्यस अघि ७१औं मिनेटमा सुलेमान थापा मगरले गोल गरेका थिए । एकतर्फी जस्तो भएको खेलमा मध्यपुर बाँसबारीविरुद्ध निकै निरिह बनेको थियो ।
जितसँगै बाँसबारीले चार खेलबाट तालिकामा ४ अंक जोड्दा फराकिलो हार भोगेको मध्यपुरको समान चार खेलबाट ३ अंक छ । बाँसबारीले जारी लिगमा पहिलो जित निकाल्दा मध्यपुरले दोस्रो हार भोगेको छ ।
बी डिभिजन लिग अन्तर्गत शनिबारकै अर्को खेलमा बीरगञ्ज युनाईटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) ले २–२ गोलको बराबरी खेले । बीरगञ्जले पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्न नसक्दा आरसिटीसँग अंक बाँडेको हो । ३३ औं मिनेटमा विज्ञान चौधरीले गोल गर्दै बीरगञ्जलाई अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा अमर डंगोलले गोल गर्दै आरसिटीलाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा बीरगञ्जले कृपाकान्त महतो थारुको गोलबाट पुन अग्रता बनाए पनि ८३ औं मिनेटमा अमरले व्यक्तिगत दोस्रो गोल गर्दै आरसिटीलाई २–२ गोलको बराबरीमा ल्याउदै हारबाट जोगाउन सफल भए । यस बराबरीसँगै आरसिटीले ४ खेलमा ५ अंक जोडेको छ । बीरगञ्जले ४ खेलमा ५ अंक नै जोडेको छ ।
यस्तै तीन खेलबाट तालिकामा शीर्षता कायम गरेको चर्च ब्वाइजले शनिबार श्री कुमारी क्लबसँग १–१ गोलको बराबरी खेलेको छ । अघिल्ला तीन खेलमा स्पष्ट जित निकालेको चर्च ब्वाईजले ४७औं मिनेटमा लिएको अग्रता कायम राख्न नसक्दा कुमारीसँग अंक बाँडेको हो । चर्चब्वाईजका लागि आशिष चापागाईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलमा फर्किन प्रयास गरेको कुमारीले ५५औं मिनेटमा बराबरी गोल फर्कायो । निर बहादुर आलेले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । बाँकी सयमा थप गोल हुन सकेन र दुवैले अंक बाँडे । चर्च ब्वाइज १० अंकसाथ श्री भगवती क्लबसँग अंक बराबर भएपनि गोल अन्तरले शीर्षस्थानमा छ । श्री कुमारी ४ अंकसहित नवौं स्थानमा रहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]