4 years ago
March 13, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार हुने भनिएको कार्यसमिति बैठकमा आफूहरुले उठाएको मागका विषयमा छलफल हुनुपर्ने सहिद स्मारक ए डिजिभनका ४ क्लबले माग गरेका छन् ।

न्यूरोड टिम एनआरटी, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब र संकटा क्लबका पदाधिकारी आइतबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै अर्को महिना सुरु हुने भनिएको नेपाल सुपर लिग (एनएसएल) का कारण उत्पन्न समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेका हुन् ।
विभिन्न क्लबमा खेलाडीहरुको सम्झौता रहेकै अवस्थामा एनएसएलको अक्सन हुनले अन्योलता बढाएको भन्दै थ्री स्टारका महासचिव सञ्जिव शिल्पकारले भने,‘ एन्फा फुटबलको सर्वोच्च निकाय हो । अहिले देखिएको समस्या समाधानका लागि एन्फाले पहल लियोस् भने हामीले यो पत्रकार सम्मेलन गरेका हौं । हामी फुटबल विरोध होइनौं तर छलफल सबै समस्याको हल होस् भन्ने हामी चाहिरहेका छौं।’
फागुन १५ गते यी चारसहित लिग विजेता मछिन्द्र फुटबल क्लब, सातोदाबोटो युथ क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब गरि ८ क्लबका पदाधिकारीले संयुक्त विज्ञप्ती जारी गरि एनएसएलका कारण खेलाडीको दोहोरो सम्झौता हुने सम्भावना रहेकोले त्यसलाई आवश्यक समन्वय गर्न विज्ञप्तीमार्फत अनुरोध गरेका थिए । तीनै क्लबले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र लेख्दै एनएनएललेको अक्सन रोकेर छलफल गर्न अनुरोध गरेका थिए । तर, एन्फाले लिखित पत्र लेखेर अक्सन रोक्न भनेपनि एनएसएल आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले अक्सन गरेको थियो । त्यसबाट क्लबहरु थप चिढिएको देखिएका छन् ।
आफ्नो मागहरुको सुनुवाई नहुने हो भने कानुनको सहारा लिनुपर्ने अवस्था सम्म आउने क्लबरुको भनाई थियो । ‘हामी सबै समस्याको हल छलफलबाट होस् भन्ने चाहन्छौं, थ्री स्टारका महासचिव शिल्पकारले भने,‘ तर कतै सुनुवाई भएन भने हामीसँग कानुनी बाटो समात्नु पर्ने हुन सक्छ ।’
मंगलबार एन्फा बैठकमा अहिलेको विवादले प्रवेश पाएन भने त्यसपछि पुनः छलफल गरेर अर्को कदम चाल्ने ४ क्लबले बताएका छन् । पत्रकार सम्मेलन गर्ने ४ मध्ये ३ क्लबका पदाधिकारी एन्फामा पनि रहेकोले उहाँहरुलाई फिर्ता बोलाउनु हुन्छ त भन्ने प्रश्नको संकटा क्लबका कार्यवहाक अध्यक्ष सुरेन्द्र सिख्राकारले भने,‘ आवश्यकता पर्यो भने त्यो पनि गर्न सक्छौं । त्यो अवस्था नआओस् भन्नका लागि हामीले यो पत्रकार सम्मेलन गरेका हौं ।’
संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर एन्फा महासचिव हुन् । त्यस्तै थ्री स्टारका अध्यक्ष अरुणमान जोशी एन्फा सहमहासचिव र मनाङका सदस्य विजय घले एन्फा सदस्य हुन् । मनाङका उपाध्यक्ष कर्मा छिरिङ गुरुङले एन्फा जाने आफ्नो प्रतिनिधिले पहिला क्लबको समस्या हेर्नुपर्नेमा जोड दिदै त्यस्तो नभएमा कार्यसमितिले फिर्ता समेत बोलाउन सक्ने बताए ।
संयुक्त विज्ञप्ती जारी गर्दाका अन्य क्लबहरुको पदाधिकारीको किन उपस्थिति हुन सकेन भन्ने प्रश्नको जवाफमा थ्री स्टारका महासचिव शिल्पकारले भने, उहाँहरुले क्लबको बैठक बसेको छैन । बैठक बसेपछि मात्र आधिकारिक धारणासहित आउने जानकारी गराउनु भएको छ । ’
आफूहरु छलफलको लागि तयार रहेको र आवश्यकता अनुसार दुई वा तीन पक्षिय छलफलबाट समस्याको समाधान निस्कनेमा पनि आशावादी रहेको उनीहरुको भनाई छ । एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी, महासचिव नरेन्द्रमान श्रेष्ठ, मनाङका उपाध्यक्ष शेर्पा, महासचिव तेन्जिङ गुरुङ, थ्री स्टारका उपाध्यक्ष कृष्ण अवाले, संकटाका महासचिव रमेशध्वज बस्नेतको पनि पत्रकार सम्मेलनमा उपस्थिति थियो ।
एनआरटीका अध्यक्ष जोशीले आफ्ना कतिपय खेलाडीको अनुबन्धन २०८० साल सम्मको रहेको उल्लेख गर्दै भने,‘ तर त्यसलाई पुरै वेवास्था गरिएको छ । हामी एनएसएललाई मार्का पार्ने पक्षमा छैनौं । तर त्यसको अर्थ हामीसँग सल्लाह नै नगरि आफ्नो खुसी खेलाडीको अक्सन गरिनु जायज होइन ।’ खेलाडी सुरुवाका लागि रिलिज लेटर अनिवार्य रहेको भन्दै शिल्पकारले भने, ‘ रिलिज लेटर त परको कुरा सामान्य कुराकानी पनि भएको छैन ।’
४ क्लबको संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘क्लबहरुको लगानीमा फुटबल एकेडेमीमा सहभागी देशभरका विभिन्न उमर समूहका खेलाडीहरु र आधिकारिक ए डिभिजन क्लबलगायत बी र सी डियिजभनका क्लबहरु र जिल्ला फुटबल संघहरुको भविष्य पनि समाप्त हुन सक्ने आशंका रहेकोले यथाशीघ्र एन्फा पदाधिकारीहरुको बैठक बसी क्लबहरुलाई आवश्त पार्न पुनः एन्फा नेतृत्वलाई सचेत गराउन चाहन्छौं ।’


December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]