4 years ago
March 14, 2022
हिमाल खरेल, झापा
त्रिभुवन आर्मी क्लब चौथो पटक झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्ने दाउमा रहँदा घरेलु टोली झापा ११ भने उपाधि खडेरीलाई तोड्ने प्रयासमा हुनेछ । अघिल्ला ४ मध्ये पहिलो बाहेक ३ पटक आर्मीले उपाधि जित्दा झापा भने ४ पटक उप विजेताका रुपमा सिमित भएको छ । पहिलो संस्करणको उपाधि भने मनाङ् मस्र्याङ्दी क्लबले जितेको थियो ।
झापा गोल्डकपको पाँचौं संस्करणको फाइनलमा सोमबार आर्मी र झापा ११ बीच प्रतिस्पर्धा हुँदैछ । बर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा दुवैले उपाधि जित्ने प्रयासमा हुनेछन् । सेमिफाइनलमा झापाले संकटा क्लब र आर्मीले सातदोबाटो युथ क्लबलाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेको थियो ।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण उपाधि रक्षा गर्ने दाबी गरेका छन् । उनले झापामा विभिन्न क्लबका खेलाडी रहेका कारणम पनि जित निकाल्न सहज हुने बताए । झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले चारपटकसम्म झापाले उपविजेतामा चित्त बुझाएकाले यसपटक उपाधि उचाल्ने विश्वा व्यक्ति गरे ।
पाँचौं संस्करणको झापा गोल्डकपको उपाधि विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।
विशाल ‘ए’ लाई लाइभ टाइभ अचिभमेन्ट अवार्ड दिइने
त्यस्तै, झापा गोल्डकपले यसपटक झापा–११ का खेलाडी विशाल राई ‘ए’लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइने भएको छ । उनले एक थान मोटरसाइकल पाउने आयोजक समिति अध्यक्ष बस्नेतले बताए ।
उनले सरप्राइज म्यासेज भन्दै विशाल राईलाई सम्मान गर्न लागेको बताए । सम्मानित हुन लागेका झापा ११ का खेलाडी विशाल राईलाई यामाहा कम्पनीको एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।
विशालले झापा ११ र सिक्किमबीचको खेलमा पनि स्थान बनाएका थिए । राईलाई भोलि झापा ११ र त्रिभुवन आर्मीबीच हुने पाँचौँ संस्करणको फाइनल खेलमा भव्य समारोहका बीच सम्मान गरिने आयोजकले जनाएको छ । यसअघि आयोजकले झापा ११ का पूर्वकप्तान प्रवेश कटुवाल र मिडफिल्डर नगेन्द्रमणि लिम्बूलाई पनि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिसकेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]