default_image

4 years ago

March 14, 2022

टुसाल र सामाजिकको पहिलो जित

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टुसाल युथ क्लब र सामाजिक युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित गरेको छ । टुसालल खुमलटार युथ क्लबलाई ३–० ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा टुसालको जितमा दीप कुमार लामा र गिलेस्पी जंग कार्कीले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको ३६औं मिनेटमा रमेश थापाको आत्मघाती गोलबाट टुसालले सुरुवाती अग्रता लिएको थियो । ८३औं मिनेटमा दीप कुमार लामाले गोल गर्दै टुसालको अग्रता दोब्बर पारे । ८९औं मिनेटमा गिलेस्पी जंग कार्कीले गोल गर्दै टुसालको सहज जित पक्का गरे । यो जितसँगै टुसालको ५ खेलबाट ६ अंक पुगेको छ । पराजित खुमलटारको पनि ५ खेलबाट ६ अंक नै रहेको छ ।

यस्तै सामाजिक युथ क्लबले पहिलो जित हात पार्ने क्रममा ब्वाइज युनियन क्लबलाई ३–१ ले पराजित गरेको छ । सामाजिकले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । सामाजिकको जितमा सुरेश खत्रीले दुई तथा बसन्त बहादुर रानाले एक गोल गरे । ब्वाइज युनियनका विवेक राईले एक गोल फर्काए ।

खेलको चौथो मिनेटमा विवेकल गोल गर्दै ब्वाइज युनियनलाई सुरुवाती अग्रता दिलाए । तर, ब्वाइज युनियनले त्यो अग्रतालाई जोगाउन सकेन । २१औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २६औं मिनेटमा बसन्त बहादुर रानाले गोल गर्दै सामाजिकलाई २–१ ले अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुरेशले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सामाजिकलाई ३–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै सामाजिकलाई पहिलो जित निकाल्न पर्याप्त बन्यो । जितसँगै सामाजिकको ५ खेलबाट ४ अंक पुगेको छ । पराजित ब्वाइज युनियनको ५ खेलबाट ३ अंक छ ।

लिगकै अर्काे खेलमा झम्सिखेल युथ क्लब र नयाँ बस्ती युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । नयाँ बस्तीका सुमन योङयाले गोल गर्दै झम्सिखेलका सन्जय रम्तेलले बराबरी गोल फर्काए । यो बराबरीसँगै नयाँ बस्तीको ५ खेलबाट ७ अंक पुगेको छ । झम्सिखेलको ५ खेलबाट ६ अंक पुगेको छ ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.