default_image

4 years ago

March 16, 2022

खुमलटारको जित, वीरगन्ज र चर्च ब्वाइजको बराबरी

265 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबले सहज जित निकाल्दा वीरगन्ज युनाइटेड र चर्च ब्वाइजले बराबरी खेलेको छ ।

एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई २–० ले हराएको हो । खुमलटारको जितमा सविन केसी र आशिष श्रेष्ठले गोल गरे ।

खेलको सातौं मिनेटमा कप्तान सबिन केसीले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाए । ५६औं मिनेटमा आशिष श्रेष्ठले गोल गर्दै खुमलटारलाई २–० को जित दिलाए । यस जितसँगै खुमलटारले ५ खेलमा ९ अंक जोडेको छ । पराजित झम्सिखेलको ५ खेलबाट ६ अंक छ ।

यस्तै लिगै अर्का खेलमा वीरगन्ज युनाईटेड र चर्च ब्वाइज क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । चर्च ब्वाइजका योगेश गुरुङले गोल गर्दा वीरगन्जका अनिश चौधरीले बराबरी गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ७७औं मिनेटमा योगेश गुरुङले गोल गर्दै चर्चलाई सुरुआती अग्रता दिलाए तर, ८५औं मिनेटमा अनिश चौधरीले गोल गर्दै वीरगन्जलाई हारबाट जोगाए ।

यो बराबरीसँगै चर्च ब्वाइजको ५ खेलबाट ११ अंक पुगेको छ । वीरगन्गको ५ खेलमा ६ अंक पुगेको छ ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.