9 years ago
December 3, 2016
एल क्लासिकोमा घरेलु मैदानमा बार्सिलोनाले जिदानको मड्रीडलाई निम्त्याउदा बार्सा खेल जित्दै ६ अंकको दुरी छोट्याउने दाउमा रहने छ ।

यसअघी २ ला लिगका खेलमा लगातार बराबारी खेल्दै अंक गुमाएको बार्सिलोनाले नाउ क्याम्पमा घरेलु दर्शकको सामुन्ने मड्रीडलाई पाखा लगाउदै ३ अंक बटुल्न सके शिर्षस्थानबाट ३अंकको दुरिमा रहनेछ ।
आफ्नु कप्तान इनिएस्टालाई इन्जुरिका कराण गुमाएपछी बार्सिलोनाले पछील्लो ६ खेलमा तीन खेलमात्र जित्न सकेको छ । एल क्लासिकोमा इनिएस्टा खेल मैदानमा फर्किने सम्भावना बार्सिलोनाकोलागी सकारात्मक बढावा हुन सक्छ । इनिएस्टाको इन्जुरी अगाडी बार्सिलोनको ला लिगामा १ अंकको अग्रता थियो ।
रियल मड्रीड
त्यस्तै जिदानको रियल मड्रीड बार्सिलोना पुग्दा निकै राम्रो लयमा हुनेछ । लगातार ३२ खेलमा हारबिहिन रहेको मड्रीड लिगको पछिल्लो ५ खेलमा जित्दै आत्मविश्वासका साथमा खेल्नेछ ।
चोटका कारण पछील्लो केहि समय बाहिर रहेका मिड्फिल्डर टोनी क्रुस प्रशिक्षणमा फर्केका छन तर सर्जरी गरेका ज्ञारेथ बेल भने महत्वपुर्ण खेलबाट बाहिर रहनेछन । बेल कम्तिमा दुइ महिना खेलबाट बाहिरा रहनेछन ।
सिजनको पहिलो अवधिमा निकै आलोचना खपेका रोनाल्डो १० गोल सहित स्वारेज र मेस्सी भन्दा अघी रेहेका रोनाल्डो ला लिगाको शिर्ष गोल्कर्ता हुन । ९ गोल गरेका मेस्सिले भने अघिल्लो ५ एल क्लासिकोमा गोल गर्न सकेका छैनन । मेस्सिले मड्रीडबिरुद्ध २१ गोल गरेका छन भने रोनाल्डोले बार्सिलोनाबिरुद्ध १६ गोल गरेका छन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]