9 years ago
December 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलका दुई ठूला क्लबबीच आज सुनसरीको दुहबीमा मनमोहन स्मृति दुहबी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ । ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबले ३ लाख रुपैयाँ पुरस्कार राशी रहेको गोल्डकपमा एकअर्कोको सामना गर्दैछन् । दुवै फाइनल जित्नेमा उत्तिकै आशावादी पनि छन् ।

पूर्व क्लबविरुद्ध विशेष कुनै रणनीति नभएको आर्मीका प्रशिक्षक नवीन न्यौपाने बताउँछन् । ‘हामीले अहिले सम्म जसरी खेलेका छौं । फाइनलमा पनि त्यसरी नै खेल्ने हो’ उनले भने, ‘मनाङ बलियो टोली हो त्यसमा शंका छैन । तर उपाधि जित्ने सम्भावना बराबरी छ । ’उता मनाङका प्रशिक्षक हेमन्त आलेमगरले फरक रणनीतिमा उत्रने बताए पनि त्यसमा खुलेर कुरा गरेनन् । ‘खेल हेरेर रणनीति बनाउछौं ’उनले भने ‘हामीले जित्ने सम्भावना बढी छ ।’
आर्मीको सेमिफाइनल केही सहज रहेपनि बाँकी खेलमा दुवै टोलीले संघर्ष गर्दै फाइनलको यात्रा तय गरेका हुन् । मनाङले सेमिफाइनलमा रमपम झापा ११ लाई र त्यसअघि आयोजक एलेभन एरोजलाई समान २–१ ले हराएको थियो । सेमिफाइनलमा भुटानको बिआरसीलाई ५–२ ले हराएको आर्मीले पहिलो खेलमा काठमाडौंको चर्च ब्वाईज युनाइटेडलाई २–१ ले नै हराएको थियो । केही विदेशी खेलाडी रहेको मनाङमा थप आकर्षणका रुपमा राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर छन् । राष्ट्रिय टोलीका अनिल गुरुङ र विराज महर्जन त पहिलोबाट छदैछन् । अर्कोतिर आर्मीका राष्ट्रिय टोली दुई स्ट्राइकर भरत खवास र नवयुग श्रेष्ठले मोर्चा सम्हाल्नेछन् । गोलकिपर विकेश कुथु रहनु आर्मीका लागि अर्को फाइदाजनक पाटो हो ।
मनमोहन प्रतिष्ठान र एलेभन एरोजले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेताले ३ लाख १ हजार १ सय ११ र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]