4 years ago
March 19, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली तथा मनाङ मस्याङ्दी क्लबका फरवार्ड अन्जन बिष्ट माछापुच्छ्रे स्कुलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् ।
ललितपुर सानेपास्थित स्कुल परिसरमा शनिबार आयोजित कार्यक्रममा अन्जनलाई स्कुलको खेलकुद दूतको रुपमा सार्वजनिक गरिएको हो । स्कुलमा अध्यक्ष डाक्टर विनोद प्रसाद यादव र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता दुई वर्षको हुने जनाइएपनि सम्झौतामा रहेका अन्य विषय भने खुलाइएको छैन ।
सम्झौतासंगै अन्जनले स्कुलको एकेडेमी तथा खेलकुद विकासमा सहयोग गर्ने बताइएको छ । ‘माछापुच्छ्रे स्कुलसँग सम्झौता गर्न पाउँदा हर्षित छु । अब स्कुलको एकेडेमी संचालनका लागि मैले सहयोग पु¥याउनेछु ’ मनाङका कप्तान समेत रहेका अन्जनले भने ।
एन्फा एकेडेमी उत्पादन अन्जनले नेपालको युथ टिम हुँदै हाल राष्ट्रिय टोलीका नियमित खेलाडी हुन् । उनी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) टिम झापा एफसीका मार्की खेलाडी समेत हुन् । अन्जन सम्मिलित नेपाली टिमले यु–१९ साफ च्याम्पियनसिप, १२औं दक्षिण एशियाली खेलकुद (साग) बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कप जितेको थियो । यस्तै गत वर्ष घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि पनि जितेको थियो ।
अन्जनले राष्ट्रिय टोलीबाट ३१ अक्टोवर २०१४ मा फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका अन्जनले ४८ खेल खेल्दा ७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । हालै उनको कप्तानीमा मनाङले मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको उपाधि जितेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]