4 years ago
March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रानीपोखरी कर्नर टिम (आरसिटी) माथि महत्वपूर्ण जित निकाल्दै नयाँवस्ती युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।

नयाँवस्तीले आरसिटीमाथि १–० को झिनो जित निकाल्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा नयाँवस्तीको जितमा खेलको अन्त्यतिर लिला बहादुर थापामगरले गरेको गोल नै निर्णायक बन्यो । उनले ८४औं मिनेटमा गोल गरेका थिए ।
यो महत्वपूर्ण जितसँगै नयाँबस्तीको ७ खेलबाट १३ अंक पुगेको छ । समान १३ अंक नै रहेपनि टोखा श्री भगवती गोलअन्तरमा पछि परेको छ । श्री भगवतीले एक खेल कम खेलेको छ । पराजित आरसिटीको ७ खेलबाट ९ अंक रहेको छ ।
लिगकै अर्काे खेलमा सामाजिक युथ क्लबले झम्सिखेल युथ क्लबलाई १–० ले पराजित गरेको छ । सामाजिकको जितमा छैटौ मिनेटमा बसन्त बहादुर रानाले गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै ७ खेलबाट ७ अंक जोडेको सामाजिक १२औंबाट नवौं स्थानमा उक्लिएको छ । पराजित झम्सिखेल ७ खेलबाट ६ अंक जोडेर दुई स्थान तल ११औं मा झरेको छ ।
लिगकै अर्काे खेलमा मध्यपुर युथ एसोसिएसनले खुमलटार युथ क्लबमाथि १–० कै जित निकालेको छ । मध्यपुरको जितमा १६औं मिनेटमा सजिन थापामगरले गरेको गोल नै निर्णायक बन्यो ।
यो जितसँगै मध्यपुरको ७ खेलबाट ७ अंक जोड्दै रेलिगेसन जोन छाडेको छ । मध्यपुर पुछारबाट १०औं स्थानमा उक्लिएको छ । पराजित खुमलटार ७ खेलबाट ९ अंक जोडेर पाँचौ स्थानमै रहेको छ ।


November 7, 2025
दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]


November 7, 2025
रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]